Logo

शैक्षिक प्रमाणपत्र र परियोजना धितोमा ऋण लिन बैंकहरुको आब्हान, यस्तो छ ऋण लिने प्रक्रिया

शैक्षिक प्रमाणपत्र र परियोजना धितोमा ऋण लिन बैंकहरुको आब्हान, यस्तो छ ऋण लिने प्रक्रिया



काठमाडौं । बैंकहरुले सहुलियत कर्जा लिनका सेवाग्राहीलाई आब्हान गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल वित्तीय संस्था संघले बिहिबार संयुक्त रुपमा सुचना प्रकाशित गर्दै सुलियत कर्जा लिन आव्हान गरेका हुन ।

सरकारले भदौंमा सहुलियत कर्जा सम्बन्धी कार्यबिधी पारित गरेको थियो । सोही अनुरुप नेपाल राष्ट्र बैंकले सेवाग्राहीलाई सहुलियत कर्जा लिनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । सोही अनुरुप बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले बिहीबार संयुक्त रुपमा सेवाग्राहीलाई सहुलियत कर्जा लिन आब्हान गरेका हुन् ।

सरकारले पारित गरेकोे कार्यविधि अनुसार ७ प्रकारका क्षेत्रमा सहुलियत ऋण पाइनेछ । जस अन्तरगत सबैभन्दा बढी ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शिर्षकमा ५ करोड रुपैयाँसम्म ऋण पाइनेछ । कार्यविधी अनुसार उक्त कर्जाको भुक्तानी अवधि बढीमा ५ बर्ष हुनेछ । कार्यविधीमा १० लाख रुपैयाँभन्दा बढीको ऋणमा ब्यवसायिक परियोजना नै धितोको रुपमा रहनेछ । यस्तो कर्जामा परियोजनाको सम्भाब्यतालाई नै मुख्य आधारको रुपमा लिइनेछ ।

सहुलियत कर्जा अन्तरगत स्नातक तह उत्र्तीण गरेका युवाले प्रमाणपत्रको जमानीमा ७ लाख रुपैयाँसम्म कर्जा पाउने छन भने वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफैले व्यवसाय गर्न चाहेमा १० लाख रुपैयाँसम्म सहुलियत कर्जा पाउनेछन ।

यसैगरी सरकारले भूकम्प पीडितहरुको निजी आवाश निर्माणका लागि ३ लाख रुपैयाँसम्म सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ । सरकारले भुकम्प पीडितका लागि सामुहिक जमानी वा धितो जमानीमा उक्त कर्जा प्रदान गर्नेछ ।

कार्यविधी अनुसार प्राविधिक तथा उच्च शिक्षा अध्ययनका लागि ५ लाख रुपैयाँ र दलित समुदाय व्यवसाय विकास कर्जा अन्तरगत १० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराईने भएको छ । तर त्यसरी प्रबाह गरिएको कर्जाको ब्याजदर बैंक तथा वित्तीय संस्थाको आधार दरमा २ प्रतिशत थप गर्न पाइने तर अन्य कुनै पनि प्रकारका शुक लिन पाईने छैन । सहुलियत कर्जा लिनका लागि व्यवसाय गर्न चाहने ब्यक्ति व्यीक्तको उमेर १८ बर्ष उमेर भने पुगेको हुनुपर्नेछ । समुलियत कर्जा लिन चाहने संस्था वा कम्पनीमा शतप्रतिशत सेयर नेपाली नागरिकको हुनुपर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL