Logo

व्यापार घाटादेखी डराए अर्थमन्त्री डा. खतिवडा, भन्छन् तत्काल घटाउन सकिन्न

व्यापार घाटादेखी डराए अर्थमन्त्री डा. खतिवडा, भन्छन् तत्काल घटाउन सकिन्न



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको व्यापारघाटालाई तत्कालका लागि घटाउन नसकिने बताएका छन । बिहीबार विश्व बैंकले आयोजना गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक’ कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हामीले प्रयोग गर्दै आएका विभिन्न विलासिताका सामग्रीको माग बढ्दै गएको हुनाले यसलाई कम समयमानै घटाउन सम्भब छैन,।’ उनले भने ।

पछिल्लो समय सवारीसाधन, संचारका सामग्रीहरु तथा अन्य प्रकारका विलासिताका सामग्र्रीहरुको आयात बढ्ने हुनाले यसको तत्कालिन समाधान नभएको उनको भनाई थियो ।

यस्तै कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको दायरा बढाउनुपर्नेमा जोड दिएका छन । उनले नेपालको कुल ग्राह्स्थ्य उत्पादन (जिडीपी)मा करिव ६० प्रतिशत योगदान निजी क्षेत्रको रहेको बताउँदै यसको दायरा बढाउनमा जोड दिएका हुन । ‘निजी क्षेत्रले आफ्नो दायरा बढाएमा करको दायरा आफै घट्छ,’ उनले भने ।

यस्तै कार्यक्रममा बोल्दै विश्व बैंक नेपालका निर्देशक चिमाओ फ्यानले नेपालले रेमिट्यान्स तिर धेरै ध्यान नदिएको बताएका छन । उनले नेपाल २०३० सम्म मध्यमस्तरको आय भएको मुलुक बन्ने बताउँदै रेमिट्यान्सभन्दा अन्तै ध्यान दिएको बताएका हन । यसका साथै उनले नेपालले अब विकासका लागि विभिन्न बाधा व्यवधानहरु चिर्दै फड्को मार्नुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL