Logo

सिटी एक्स्प्रेसको लखपतिएक्स्प्रेस अन्तरर्गत क्षेत्रीले पाए १ लाख, बम्पर उपहारमा १२ लाख

सिटी एक्स्प्रेसको लखपतिएक्स्प्रेस अन्तरर्गत क्षेत्रीले पाए १ लाख, बम्पर उपहारमा १२ लाख



काठमाडौं । सिटी एक्स्प्रेसको लखपतिएक्स्प्रेस उपहार योजना अन्तरर्गत बासु थापा क्षेत्रीले नगद एकलाख रुपैयाँ उपहार प्राप्त गरेका छन ।

एक्स्प्रेसले संचालनमा ल्याएको उक्त अफरमा हाल सम्मको दैनिक विजेता ४३ जनाले २ सय रुपैयाँको मोबाईल टप अप, साप्ताहिक विजेता १५ जनाले १० हजार रुपैयाँ र पहिलो महिनाको विजेता क्षेत्रीले १ लाख रुपैयाँ हात पारेका छन ।

सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण ग्राहक यस योजनामा सहभागि हुन पाउने एक्स्प्रेसले जानकारी दिएको छ । विजेताहरुलाई कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले उपहार स्वरुप उक्त नगद वितरण गरेको थियो ।

कम्पनीले ल्याएको उक्त अफर अन्तरर्गत बम्पर उपहार स्वरुप सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२ औं बर्ष प्रवेश गरेको अवसरमा १२ लाख रुपैयाँ प्राप्त गर्न सक्नेछन ।

यो अफर असोज १ गते देखि मंसिर २९ गते सम्मलागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL