Logo

३ महिनामा साढे ३ खर्बको व्यापारघाटा, कसरी चल्छ अर्थतन्त्र ?

३ महिनामा साढे ३ खर्बको व्यापारघाटा, कसरी चल्छ अर्थतन्त्र ?



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ३ महिनामा साढे ३ खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । बिहीबार भन्सार विभागले चालु आर्थिक बर्षको पहिलो ३ महिनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको व्यापारघाटा ३ खर्ब ४९ करोड पुगेको जानकारी दिएको छ ।

सरकारले आयात विस्थापन गर्ने भन्दै विभिन्न किसिमका भाषण तथा कार्यक्रमहरु अघि बढाएपनि त्यसको विपरित आयात अझै बढेको तथ्याङ्कले देखाएको छ । यस्तै विभागले विभिन्न बस्तुको आयात मात्रै करिव ४ अर्ब बराबरको भएको देखाएको छ । तथ्यांक अुनसार गएको ३ महिनामा नेपालमा विभिन्न देशहरुबाट ३ खर्ब ७३ अर्ब बराबरको सामान आयात भएको हो । यस्तै सो अवधिमा नेपालबाट भने जम्मा २३ अर्ब ७४ करोड बराबरको सामान निर्यात भएको देखिन्छ ।

सो अवधिमा नेपालले भारतबाट मात्रै २ अर्ब २२ करोड बराबरको व्यापारघाटा व्यहोरेको छ । साथै भारतबाट २ खर्ब ३६ अर्ब बराबरका सामान आयात भएको र नेपालका तर्फबाट भारतमा जम्मा १३ अर्ब बराबरको बस्तुहरु निर्यात भएको देखिन्छ । गएको ३ महिनामा नेपालमा नेपालले आयतित बस्तुहरुबाट ९९ अर्ब ९२ करोड राजस्व उठाएको छ ।

सो अवधिमा नेपालमा धेरै आयातित बस्तुमा अनिज पदार्थ रहेको छ । जुन ३ महिनामा ५६ अर्ब ६७ करोड रुपैयाँ बराबरको आयात भएको छ भने करिव २ अर्ब ३८ करोड बराबरको हातले बनाएको फाईबर नेपालले निर्यात गरेको छ । जुन ३ महिनामा सबैभन्दा धेरै निर्यात भएको बस्तुमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL