Logo

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २ अमेरिकी अर्थशास्त्रीलाई, जलवायु परिवर्तन र दिगो आर्थिक विकासमा योगदान

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २ अमेरिकी अर्थशास्त्रीलाई, जलवायु परिवर्तन र दिगो आर्थिक विकासमा योगदान



काठमाडौं । यो बर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २ जना अमेरिकी अर्थशास्त्रीले हात पारेका छन ।

द रोयल स्वीडिस एकेडेमी अफ साइन्सले यस बर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकास्थित यल युनिभर्सिटीमा आवद्ध विलियम डी नोरधउस र एनवाईयु स्टेर्न स्कुल अफ विजनेसमा आवद्ध पउल एम रोमरलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरेको हो ।

दुबै जना अर्थशास्त्रीले दिगो आर्थिक विकास र जलबायु परिवर्तनमा गरेको योगदानको आधारमा उक्त पुरस्कार प्रदान गरिएको नोबेल समितिले जानकारी दिएको छ ।
दिगो आर्थिक परिवर्तनमा जलवायु परिवर्तनको एकिकरणमा देन भएका कारण विलियम डी नरधउसले उक्त पुरस्कार पाएका हुन ।

त्यस्तै पल एम रोमरले दिगो आर्थिक विश्लेषणका लगि प्रविधिको एकिकृत ब्यवस्थापनमा देन गरेका कारण उक्त पुरस्कार हात पारेका हुन ।

उनिहरु दुबै जनाले हामीले दिगो आर्थिक विकासका लागि हाम्रो समय र चापलाई कसरी ब्यवस्थापन गर्न सक्छौं भनि एउटा मोडेल डिजाईन गरेका छन ।

यसबर्षको अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता यी २ जनाले बजार अर्थब्यवस्था प्रकृती र ज्ञानसँग पारस्पारीक हुँदै अर्थतन्त्र विश्लेषणको क्षेत्रबारे नयाँ मोडल सार्वजनिक गरेका छन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL