Logo

१ महिनामै सवा १ खर्बको आयात हुँदा निर्यात ६ अर्बमा सिमित, ५४ प्रतिशतले बढ्यो आयात

१ महिनामै सवा १ खर्बको आयात हुँदा निर्यात ६ अर्बमा सिमित, ५४ प्रतिशतले बढ्यो आयात



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना मै १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ । आयातमा आश्रित अर्थतन्त्र तथा पछिल्लो समय डलरको मूल्यमा भएको उच्च वृद्धिका कारण आयात बढ्न गएको हो ।

अघिल्लो बर्षको तुलनामा चालू आबको साउन महिनामा आयात ५४ प्रतिशतले बढ्न पुगेको छ । अघिल्लो बर्षको सोहि अवधिमा यस्तो आयात १० दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो ।

चालु आवको पहिलो महिनामा भारतबाट मात्रै करिब ४३ प्रतिशतले आयात बढ्दा चीनबाट ३९ प्रतिशतले वृद्धि भएको हो । साथै अन्य मुलकबाट पनि गत आबको साउन महिनाको तुलनामा आयातमा ९४ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको पहिलो महिनामा विशेषगरी सवारीसाधन पार्टपुर्जा, अन्य मेशिनरी सामान, पेट्रोलियम पदार्थ, एमएस बिलेट जस्ता सामानको आयात बढेको छ । तर दुरसञ्चारका उपकरण, रसायनिक मल, यातायातका साधन तथा पार्टपुर्जा लगायतका सामानको आयात घटेको पाईएको छ

सो अबधिमा नेपालबाट भने ६ अर्ब बराबरको बस्तु भारतलगायत अन्य मुलकमा निर्यात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याँकअनुसार अघिल्लो बर्षको सोही अवधिको तुलनामा नेपालबाट हुने निर्यात ३ दशमलव २ प्रतिशतले मात्र वृद्धि भएको हो ।

जसमा भारततर्फ ९ दशमलव ६ प्रतिशत वृद्धि हुँदा अन्य मुलुकतर्फको भने घट्न पुगेको छ । जसमा चीनतर्फ ४४ दशमलव ८ प्रतिशतले घट्दा अन्य मुलुकतर्फको निर्यात मा २ दशमलव ३ प्रतिशतले गिरावट आएको हो ।

नेपालबाट पोलिष्टर यार्न, जस्तापाता, जुस, दाल, जडिबुटी लगायतका बस्तुको निर्यात बढेको छ । तर तयारी पोशाक, जुटका सामान, रोजिन, अलैंची, पश्मिना लगायतका बस्तुको भने अघिल्लो बर्षको तुलनामा समिक्षा बर्षमा निर्यात घटेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL