Logo

वेस्टर्न युनियनको खुसीको पर्व योजना सार्वजनिक, बम्पर उपहार नगद ५ लाख

वेस्टर्न युनियनको खुसीको पर्व योजना सार्वजनिक, बम्पर उपहार नगद ५ लाख



काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले नजिकिँदै गरेको चाडलाई लक्षित गर्दै ‘खुसीको पर्व’ योजना सार्वजनिक गरेको छ ।

खुसीको पर्व योजना अन्तरर्गत आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकम नै प्राप्त गर्नेछन् । यस खुसीको पर्व योजनामा सहभागी हुनको लागी वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सीजीफिन्को, हुलास रेमीट, माया रेमिट, नबिल बैक, डिजीटेक रेमिटान्स, सूर्य रेमिट र तिनका नेपालभरका सब एजेन्ट मार्फत रकम प्राप्त गर्नु पर्नेछ ।

यस योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जनालाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ भने योजनाको अन्तमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरुप ५ लाख रुपैयाँ प्राप्त गर्न सक्नेछन ।

खुसीको पर्व योजना यही असोज ७ गते देखी कात्तिक मसान्त सम्म लागु गरिएको युनियनले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL