Logo

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अधिकारी निर्वाचित, उपाध्यक्षमा कोईराला

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा अधिकारी निर्वाचित, उपाध्यक्षमा कोईराला


रासस
81
Shares

काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन । शनिबार भएको संघको ३२ औँ अधिवेशनमा अधिकारी प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजुलाई ७ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन ।

आगामी २ वर्षे कार्यकालको लागि संघमा नेतृत्व लिन वाम र लोकतान्त्रिक दुई प्यानलबीच निर्वाचन भएकोमा वाम प्यानलका अधिकारीले १ हजार ४ सय ७८ मत प्राप्त गरेका हुन । भने लोकतान्त्रिकका प्रजुले १ हजार ४ सय ७१ मत प्राप्त गरेका हुन । अध्यक्षमा विजयी अधिकारीले गण्डकी प्रदेशको राजधानी पोखरामा व्यावसायिक वातावरण बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

शुक्रबार र शनिबार दुई दिनसम्म चलेको अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चिनु गुरुङ विजयी भएका छन ।

कूल तीन हजार ३ सय ७७ मतदाता रहेकोमा निर्वाचनमा २ हजार ९ सय ८६ मत खसेको निर्वाचन समितिका सदस्य प्रकाश ज्ञवालीले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL