Logo

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघको आग्रह, दियो १० क्षेत्रका २८ परियोजना

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघको आग्रह, दियो १० क्षेत्रका २८ परियोजना



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले चिनियाँ लगानीकर्तालाई नेपालका विभिन्न १० क्षेत्रमा संयुक्त लगानी गर्न आग्रह गरेका छन ।

छेङदु एसोसिएसन फर फोरेन ट्रेड एण्ड इकोनोमिक को–अपरेशन ले आयोजना गरेको दक्षिण एशिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग संवाद कार्यक्रमलाई संवोधन गर्दै ढकालले नेपालकातर्फबाट संयुक्त लगानीका लागि १० क्षेत्रका २८ वटा परियोजना प्रस्ताव गरेका हुन ।

उनले नेपालका तर्फबाट प्रस्तावित परियोजनाहरूमा उर्जा क्षेत्रका १० परियोजना, सिमेन्टका २, निर्माण सामग्री २, कृषि ३, शिक्षा २, अध्ययन अनुसन्धान १, पर्यटन, होटल, रिसोर्ट ५, अफिस सप्लाई १, उत्पादनमुलक र मेडिया २ ओटा परियोजनामा लगानी गर्न प्रस्ताव गरेका हुन ।

सार्क राष्ट्र र चीनका उद्यमी व्यवसायीहरू, लगानीकर्ताहरूको सहभागिता रहेको उक्त अन्तराष्ट्रिय कार्यक्रममा सार्क उवासंघ (नेपाल) का सदस्यहरु सहित १६ सदस्यीय महासंघको प्रतिनिधिमण्डलले भाग लिएको छ ।

कार्यक्रमलाई संवोधन गर्दै विशिष्ट सदस्य ढकालले दुई ठूला अर्थतन्त्रको बीचमा रहेको नेपाल, पारवहन आर्थिक केन्द्र बन्ने सम्भावना रहेको भन्दै नेपाल यतिखेर अन्तरराष्ट्रिय लगानीका लागि उर्वर क्षेत्र भएको बताए ।
यसका साथै उनले नेपाल सरकार विभिन्न सहुलियत प्याकेज सहितको नीतिगत सुधारका माध्यमबाट वैदेशिक लगानी आकर्षण गर्न लागिपरेको पनि बताएका छन ।

नेपालमा लगानी गर्ने चीन सवैभन्दा प्रमुख राष्ट्र भएको भन्दै उनले केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांक अनुसार नेपालमा करिव १ हजार ३ सय २३ वटा संयुक्त लगानीका परियोजनाहरू संचालनमा रहेको तथ्यांक पनि पेश गरेका हुन ।

उनले नेपालमा लगानी गर्ने लगानीकर्ताले शत प्रतिशत मुनाफा स्वदेश फिर्ता लैजान सक्ने कानुनी व्यवस्था रहेको पनि स्पष्ट पारेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL