Logo

हालसम्मकै नयाँ उचाईमा पुग्यो डलरको मूल्य, के होला आयातमा निर्भर नेपाली अर्थतन्त्र ?

हालसम्मकै नयाँ उचाईमा पुग्यो डलरको मूल्य, के होला आयातमा निर्भर नेपाली अर्थतन्त्र ?



काठमाडौं । पछिल्लो समय दैनिक रुपमा बढ्दै आएको अमेरिकी डलरको मूल्य आज हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दर अनुसार मंगलरबार अमेरिकी डलर १ सय १६ रुपैयाँ ६१ पैसामा कारोबार भइरहेको छ । नेपाली मुद्राको भारतसँगै स्थिर विनिमयदर र पछिल्लो समय अमेरिकी मुद्राको तुलनमा भारती मुद्रा कमजोर बनेसँगै त्यसको प्रत्यक्ष असर नेपाली मुद्रा माथी पर्न गएको हो ।

पछिल्लो समय लगातार अमेरिकी डलरको मूल्य बढेसँगै आयातित सामानको मूल्य उच्च रुपमा बढ्न पुगेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । नेपाली बजारमा पाईने प्रायःजसो सामान आयात गरिएको र डलरको मूल्य बृद्धि हुँदा सोही अनुरुप महङ्गी बढ्न पुग्ने नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल बताउँछन् । ‘पछिल्लो समय नेपाल आयातमा निर्भर मुलुकको रुपमा अघि बढ्दै गएको छ,’ उनले भने, ‘आयात र डरलको मूल्य उच्च रुपमा बढ्दा नेपाली अर्थतन्त्रमा त्यसको असर एदकमै ठूलो पर्नेछ ।’ विशेषगरी डलरको मूल्य उच्च रुपमा बढ्दा सरकारको व्यालेन्स अफ पेमेन्ट ( बीओपी) र वैदेशिक ऋणको भारमा यसले ठूलो असर पार्ने उनको तर्क थियो ।

अहिलेको अवस्थामा डलरको मूल्य बढ्दा दशै तथा तिहारको समयमा सामानको मूल्य बढ्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् । ‘दशै तथा तिहारका लागि आवश्यक सामग्री व्यवसायीहरुले अहिले नै अर्डर गर्न थालेका छन्,’ ती व्यवसायीले भने, ‘डलरको मूल्य उच्च भएको समयमा अर्डर गरिएका मालसामान ल्याएर बेच्दा सोही अनुरुप महङ्गी बढ्नेछ ।’

डलरको मूल्य बढ्दा स्वदेशी उद्योगहरुको समेत उत्पादन लागत बढ्न जाने भएको छ । नेपाली उद्योगहरुले उत्पादन गर्ने सामानको लागि प्रायःजसो कच्चा पदार्थ आयातमै निर्भर रहेकाले त्यस्ता उद्योगबाट उत्पादित बस्तुको पनि मूल्य बढ्न जाने एक उद्योगीले जानकारी दिए । ‘नेपालका प्रायःजसो उद्योगले भारत तथा तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याउन सामान उत्पादन गर्दै आएका छन्,’ ती उद्योगीले भने, ‘आयातित कच्चा पदार्थको मूल्य बढ्दा त्यस्ता उद्योगबाट उत्पादित बस्तुको पनि मूल्य बढ्नेछ ।’

डलरको मूल्य बढ्दा नेपालले प्राप्त गर्ने रेमिटान्स तथा पर्यटकले गर्ने खर्च वापतको आम्दानी बढ्न भएपनि आयातमा निर्भर अर्थतन्त्र भएकाले त्यसले नेपाली अर्थ व्यवस्था मै ठूलो असर पुर्याउने सरोकारवालाहरु बताउँछन् । डलरको मूल्य बढ्दा नेपाल भित्र्ने रेमिटान्सको हिस्सा केही बढेपनि सोको तुलनमा आयातामा बढी रकम बाहिरिने हुँदा देशको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL