Logo

डलरको मूल्यले रेकर्ड तोड्दै, रेमिटान्स आप्रबाह बढ्दा सामानको भाउ पनि बढ्ने

डलरको मूल्यले रेकर्ड तोड्दै, रेमिटान्स आप्रबाह बढ्दा सामानको भाउ पनि बढ्ने



काठमाडौं । केही समयता लगातार उकालो लागेको अमेरिकी डलरको मूल्य शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । शुक्रबार अमेरिकी डलर १ बराबर नेपाली रुपैयाँ १ सय १३ रुपैयाँ ४९ पैसामा कारोबार हुँदै अहिलेसम्मको नयाँ रेकर्ड कायम गरेको हो ।

पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा अमेरिकी मुद्राको मूल्य बढेसँगै डलरसँगको नेपाली मुद्राको अवमुल्य उच्च रुपमा बढ्न पुगेको हो । अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढेसँगै आगामी दिनमा नेपाली बजारमा विदेशबाट आयात हुने सामानको मुल्य बढ्नुका साथै सरकारको ऋण भुक्तानीमा समेत थप भार पर्ने नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादूर थापा बताउँछन् ।

पछिल्लो समय नेपाल आयातमा आधारित अर्थतन्त्र उन्मुख भएको छ । आयातको तुलनामा निर्यातको अंश एकदमै नगन्य मात्रामा मात्र रहेको छ । जसले गर्दा नेपाली बजारमा भित्रने वस्तुको मूल्य बढ्नुका साथै नेपाली उद्योग कलकारखानाको उत्पादन लागत समेत बढ्ने जाने थापाले जानकारी दिए । ‘नेपाली उद्योग कलकारखानाका लागि आवश्यक सबैजसो कच्चा पदार्थ भारतलगायत तेस्रो मुलुकबाट आयात गर्दै आएका छौं,’ उनले भने, ‘आयातमा निर्भर कच्चा पदार्थ भएपनि डरलको मूल्य बढ्दा नेपाली उद्योगहरुको पनि उत्पादन लागत बढन् जानेछ ।’

डलरको मूल्य उच्च रुपमा बढेसँगै यसपटको दशै तिहारजस्ता चाडावाडमा बस्तु तथा सामानको मूल्य बढ्ने निश्चित भएको छ । प्रायःजसो व्यापारीले दशै तथा तिहारका लागि आवश्यक सामान आयातका लागि अहिले नै एलसी खोलेर अर्डर गर्न थालेका छन् । दशै तथा तिहारको समयमा डलरको मूल्य घटेपनि अहिले कै मूल्यमा सामान आयात गर्नुपर्ने हुँदा महङ्गो पर्ने जाने छ ।

डलरको मूल्य बढ्दा नेपाली बजारमा उपलब्ध हुने सामानको मूल्य बढ्ेपनि नेपाल रेमिटान्समा आश्रित मुलुक हुँदा त्यसको फाइदा रेमिटान्स आप्रवाहमा भने हुने छ । वैदेशिक रोजगारीमा जाने कामदारले ठूलो मात्रामा नेपालमा रेमिटान्स पठाउने हुँदा डरलको मूल्य बृद्धि हुँदा रेमिटान्स आप्रबाहमा उच्चा बृद्धि भई सरकारको भुक्तान सन्तुलन कायम राख्न सहज हुने छ ।

यसैगरी पछिल्लो समय नेपालले बाह्य पर्यटकबाट पनि राम्रो आम्दानी गर्दै आएको छ । डलरको मूल्य बृद्धि हुँदा पर्यटकबाट हुने आम्दानीमा पनि उच्च बृद्धि हुने थापाले जानकारी दिए । साथै डलरको मूल्य बढ्दा नेपालबाट तेस्रो मुलुकमा हुने निर्यातबाट पनि राम्रो फाइदा लिन सक्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL