Logo

पूर्व अर्थमन्त्री डा. महतको आरोप, ‘स्वायत्त निकायको गभर्नरले अर्थमन्त्रीको भाषण कण्ठ गरेर हिड्न थाले’

पूर्व अर्थमन्त्री डा. महतको आरोप, ‘स्वायत्त निकायको गभर्नरले अर्थमन्त्रीको भाषण कण्ठ गरेर हिड्न थाले’



काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रसका नेता डा. रामशरण महतले सरकारले नेपाल राष्ट्र बैंकलाई स्वायत्त रुपमा छाडिदिनुपर्ने बताएका छन् । ‘अहिले राष्ट्र बैंकलाई सरकारले आफ्नो इच्छा अनुरुप काम गर्न निर्देशन दिन थालेको छ भने सोही अनुरुप राष्ट्र बैंकका गभर्नरले पनि अर्थमन्त्रीको भाषण कण्ठ गर्दै बोल्न थालेका छन,’ उनले भने, ‘सरकारले राष्ट्र बैंकलाई आफु मातहत चलाउनु गत हो ।’

अहिलेका गभर्नरको हरेक भाषणमा अर्थमन्त्रीले भनेजस्तै ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्यलाई सिरोधार्य गर्दै बोल्न थालेको समेत उनको आरोप थियो । सरकारको आर्थिक बृद्धिको लक्ष्य पुरा हुन अझै एक बर्ष बाँकी छ तर राष्ट्र बैंकले गभर्नरले अहिले नै ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य पुरा हुन्छ भन्दै भाषण दिन थालिसकेको समेत उनको तर्क थियो ।

‘राष्ट्र बैंकले सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउनु ठिक हो,’ उनले भने, ‘तर सरकारले जे भन्यो त्यसैलाई सिरोधार्य गर्दै हिड्नु गलत हो र यो विश्वव्यापी मान्यतामा पनि पर्दैन ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL