Logo

अर्थमन्त्रीले भने, विश्व बैंकले नेपाललाई सहयोग गर्न ५ बर्षे खाका तयार पारेको छ, आवश्यक रकम आउँछ

अर्थमन्त्रीले भने, विश्व बैंकले नेपाललाई सहयोग गर्न ५ बर्षे खाका तयार पारेको छ, आवश्यक रकम आउँछ



काठमाडौं । विश्व बैंकले नेपालको विकासका लागि सहयोग गर्न ५ बर्षे खाका तयार गरेको अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

‘हामीले नेपालको संघीयता कार्यान्वयन र विकासका लागि आवश्यक पर्ने रकमको वारेमा विश्व बैंकको सर्वोच्च इकाई एजुकेटिभ बोर्डमा प्रस्ताव राखेका छौं,’ विश्व बैंकको कार्यक्रममा भाग लिएर फर्कने क्रममा अर्थमन्त्री डा. खतिवडाले भने, ‘हाम्रो विकासको खाका विश्व बैंक बोर्डले स्वीकृत गरिसकेको छ सोही अनुरुप २०१९ देखि २०२३ सम्मको लागि हामीलाई आवश्य पर्ने रकम विश्व बैंकले दिनेछ ।’

विश्व बैंकले नेपालको प्राथमिकता अनुसार रकम उपलब्ध गराउने समेत उनले जानकारी दिए । विश्व बैंकले नेपालको विकासको लागि ठूलो सहयोग गर्ने प्रतिवद्धता गरेको र उनीहरुको बोर्डले हाम्रो प्रस्तावलाई पारित गर्नु हाम्रा लागि ठूलो अबसर भएको समेत उनको दावी थियो । ‘नेपालको विकासमा सहयोग गर्न विश्व बैंकले नै प्रस्ताव राखेको छ,’ उनले भने, ‘जसले गर्दा हामीलाई समग्र विकासका कार्यक्रम परिचालन गर्न सजिलो हुनेछ ।’

विश्व बैंकका सबै प्रमुख निकायहरुलाई नेपालको प्राथमिकता र गर्ने काम र छिटो गति लिन सक्ने आयोजनाहरु छान्ने विषयमा छलफल भएको समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL