Logo

महालेखा नियन्त्रक कार्यालयले भन्यो, राजस्व संकलनमा सरकार ‘टेक्निकल्ली फेल’

महालेखा नियन्त्रक कार्यालयले भन्यो, राजस्व संकलनमा सरकार ‘टेक्निकल्ली फेल’



काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकार आर्थिक बर्ष २०७४/७५ मा राजस्व संकलनमा प्राबिधिक रुपमा असफल भएको जानकारी दिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले बुधबार गत आबको समीक्षा तथा आगामी आबको कार्यायोजनाको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा सरकारले गत आबमा कर र गैर कर राजस्व गरी ७ खर्ब २६ अर्ब ६२ करोड ८५ लाख रुपैयाँ मात्र संकलन भएको जानकारी दिएको हो ।

सरकारले गत आबका कुल ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, त्यसको तुलनामा ९९ दशमलव ५ प्रतिशतमात्र राजस्व संकलन भएको महालेखा नियन्त्रक रामकुमार आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार सरकारले गत आबका करतर्फ ६ खर्ब ५९ अर्ब ४० लाख रुपैयाँ अर्थात लक्ष्यको ९९ प्रतिशत र गैर करतर्फ ६७ अबए २२ करोड अर्थात लक्ष्यको तुलनामा १ सय ५ दशमलव ३ प्रतिशत राजस्व संकनल गरेको थियो ।

सरकारले प्राविधिक रुपमा लक्ष्य अनुरुप राजस्व संकलन गर्न असफल भएपनि दैनिक बजेटरी प्रणालीमा आउने बेरुजु रकम समेत जोड्दा लक्ष्य अनुरुप राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । सोही अनुरुप महालेखा नियन्त्रकको कार्यालयले आफ्नो वेबसाईटमार्फत गत आबमा ७ खर्ब ३१ अर्ब ३७ करोड रुपैयाँ अर्थात लक्ष्यभन्दा बढि राजस्व संकलन भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको सफ्वेयर अनुसार कर र गैर कर राजस्व मात्र जोड्र्दा लक्ष्य अनुरुप राजस्व संकलन भएको नदेखिएपनि दैनिक बजेटरी प्रणालीमा आउने बेरुजु रकमलाई समेत हाल्दा लक्ष्यन्दा बढि संकलन भएको जानकारी दिइएको छ ।

सरकारको गत आबमा कर र गैर कर शिर्षकभन्दा पनि समग्रमा लक्ष्यभन्दा बढि राजस्व संकलन गरेको राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले जानकारी दिए । ‘कर, गैर कर राजस्व र दैनिक बजेटरी सिस्टममा आउने बेरुजु रकम सबै सरकारको राजस्व खातामा जम्मा हुन्छ,’ उनले भने, ‘ती सबै शिर्षकका रकम नेपाल सरकारको राजस्व हुने भएकाले गत आबमा लक्ष्यभन्दा बढि राजस्व संकलन गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL