Logo

कम्युनिष्ट सरकारलाई पत्याएनन विदेशी लगानीकर्ताले, ४ महिनामा जम्मा डेढ अर्ब लगानी भित्रियो

कम्युनिष्ट सरकारलाई पत्याएनन विदेशी लगानीकर्ताले, ४ महिनामा जम्मा डेढ अर्ब लगानी भित्रियो



काठमाडौं । केही समययता नेपालमा विदेशी लगानी भित्र्ने क्रम बढेपनि नयाँ सरकार गठनसँगै गिरावट आएको छ । कम्युनिष्ट नेतृत्वको स्थायी सरकार बनेसँगै देशले आर्थिक सम्बृद्धि हासिल गर्ने लक्ष्य लिएपनि विदेशी लगानीकर्ताले भने ठिक त्यसको विपरित लगानी घटाएका छन् ।

विदेशी लगानीकर्ताले आर्थिक बर्ष २०७४/७५ को माघसम्ममा कुल १४ अर्ब ३४ करोड १० लाख रुपैयाँ बराबरको लगानी भित्र्याएका थिए । तर, त्यसयता जेठ सम्ममा जम्मा १ अर्ब ५२ करोड ९० लाख रुपैयाँ मात्र विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा कम्युनिष्टको सरकार गठन भएसँगै विदेशी लगानीकर्ता भने नेपालमा लगानी गर्न झस्किएको तथ्याङ्कले देखाएको छ । गत आबको अघिल्लो ७ महिनामा १४ अर्ब ३४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लागनी भित्रिएपनि ओली प्रधानमन्त्री भएयताको पछिल्लो ४ महिना अर्थात फागुनदेखि जेठ सम्ममा जम्म १ अर्ब ५२ करोड रुपैयाँ मात्र विदेशी लगानी भित्रएको छ ।

अघिल्लो बर्षको तुलनमा स्थिर सरकार गठनसँगै विदेशी लगानी भित्र्ने क्रम बढ्नुपर्नेमा पछिल्लो समय यो रफतारमा उच्च गिरावट आएको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७३/७३ को फागुनदेखि जेठसम्मको ४ महिनामा ४ अर्ब ६६ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

पछिल्लो समय कम्युनिष्ट नेतृत्वको स्थायी सरकार बनेपनि लगानी सम्बन्धी स्थिर नीति नहुँदा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु नेपालमा लगानीगर्न हिच्किचाईरहेका एक उद्योगीले बताए । ‘नयाँ सरकार गठनसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेका छन्,’ ती उद्योगीले भने, ‘अब सरकारले उद्योग कलकारखाना स्थापनामा कस्तो खालको नीति लिन्छ त्यसले नै लगानी आउँछ वा आउँदैन भन्ने कुरा निक्र्यौल गर्नेछ ।’ कम्युनिष्ट नेतृत्वको सरकारले विदेशी लगानीलाई कसरी स्वागत गर्छ भन्ने विषयमा स्पष्ट नहुँदा विदेशी लगानीकर्ताहरु लगानीगर्न ससंकित भएको समेत उनको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL