Logo

बैंकहरुले भारुमा पनि ऋण लिन पाउने, लघुवित्तलाई पनि विदेशी मुद्रामा ऋण लिने सुविधा

बैंकहरुले भारुमा पनि ऋण लिन पाउने, लघुवित्तलाई पनि विदेशी मुद्रामा ऋण लिने सुविधा



काठमाडौं । बाणिज्य बैंकहरुले भारतीय मुद्रामा पनि ऋण लिन पाउने भएका छन् । राष्ट्र बैंकले २०७४ चैत २० गते वाणिज्य बैंकहरुलाई आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा बाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेकोमा आर्थिक बर्ष २०७५÷७६ को मौद्रिक नीतिले भारतीय मुद्रामा पनि ऋण लिन पाउने व्यवस्था गरेको हो ।

उक्त व्यवस्था अनुसार अबका दिनमा नेपालका बाणिज्य बैंकहरुले भारतीय मुद्रामा पनि आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म कर्जा लिन सक्नेछन् ।

यसैगरी लघुवित्त वित्तीय संस्थाहरुलाई साधन परिचालन र साधनको लागत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले त्यस्ता संस्थाहरुले समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको छ । यस व्यवस्थाबाट यी संस्थाहरुलाई वित्तीय साधन परिचालन र लागत व्यवस्थापनमा सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ ।

आगामी आबको मौद्रिक नीतिले पूर्वाधारका परियोजनाहरुमा भित्रिने विदेशी लगानीलाई राष्ट्र बैंकमा छुट्टै कोषमा जम्मा गरी हेजिङ सुविधा उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ । उक्त कोषले विदेशी लगानीकर्ताले व्यहोर्नुपर्ने विदेशी विनिमयमा निहित जोखिम व्यवस्थापन गर्न सहयोग पुर्याउने भएको छ ।

जसमाबाट ठूला जलविद्युत आयोजना, प्रसारण लाइन, सडक तथा अन्य पूर्वाधार परियोजनामा वैदेशिक लगानी आकर्षित गर्न सकिने राष्ट्र बैंकको विश्वास छ । सो कार्यका लागि उपयुक्त कार्यविधि तयार गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL