Logo

लघुवित्त कम्पनीको चुक्ता पूँजी १० गुणासम्म बढाउने तयारी, मौद्रिक नीतिको अन्तिम बैंठक आज बस्दै

लघुवित्त कम्पनीको चुक्ता पूँजी १० गुणासम्म बढाउने तयारी, मौद्रिक नीतिको अन्तिम बैंठक आज बस्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको चक्ता पूँजी १० गुणासम्म बढाउने भएको छ ।

राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीहरुको चुक्ता पूँजी उच्च रुपमा बढाउने तयारी गरेको हो ।

पछिल्लो समय लघुवित्त कम्पनी खुल्ने क्रम उच्च रुपमा बढेको र चुक्ता पूँजी पनि ज्यादै न्युन भएकाले हालको चुक्ता पूँजीलाई १० गुणासम्म बढाउने गरी छलफल भइरहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

हाल राष्ट्रियस्तरका लघुवित्त चुक्ता पूँजी १० करोड, क्षेत्रीय स्तरका लघुवित्तको ६ करोड, ३ जिल्ले लघुवित्तको २ करोड र १ जिल्लेको चुक्ता पुँजी १ करोड रुपैयाँ छ ।

तर, आगामी आर्थिक बर्षको मौद्रिक नीतिले १ जिल्ले लघुवित्तको १० करोड रुपैयाँ, क्षेत्रीय स्तरका लघुवित्तको ३० करोड रुपैयाँ र राष्ट्रिय स्तरका घलुवित्तको न्यनतम ४० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म पुर्याउने तयारी गरिएको उक्त स्रोतको भनाई थियो ।

यसैगरी मौद्रिक नीतिले लघुवित्त कम्पनीलाई मर्जरसमा जानका लागि विशेष प्रोत्साहनको व्यवस्था समेत गर्ने भएको छ । कम चुक्ता पूँजी भएका कारण मर्जरबाटै भएपनि पूँजी बृद्धिको नीति ल्याउन लागिएको राट्र बैंक स्रोतले जानकारी दियो ।

तर, पूँजी बृद्धिका लागि यस अघि बैंक तथा वित्तीय क्षेत्रमा दिइएको जस्तो जथाभावी रुपमा हकप्रद जारी गरेर पूँजी बृद्धि गर्न भने नदिईने नीति अबलम्बन गर्न लागिएको उक्त स्रोतको दावी थियो । ‘यस अघि हकप्रद र बोनसबाटै पूँजी बृद्धि गर्न दिँदा धेरै वित्तीय संस्थामा समस्या उत्पन्न भएको उक्त बैंठकको निष्कर्ष छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तसर्थ घलुवित्त कम्पनीमा सोही अनुरुप चुक्ता पूँजी बृद्धि गर्न नदिइने भएको छ ।’

हाल मौद्रिक नीतिको छलफल अन्तिम चरणमा पुगेको र केही दिनभित्रै ल्याईने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए । ‘अहिले बोर्डमा मौद्रिक नीतिको विषयमा धेरै थरी छलफल भइरहेको छ तर कुनै पनि विषयमा टुङ्गो लागेको छै्रन,’ उनले भने, ‘सम्बभवत मौद्रिक नीतिको सम्बन्धमा आज बेलुकासम्म अन्तिम बैठक बस्छ होला त्यसैले सबै विषय टुङ्गो लगाउने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL