Logo

सरकारमाथी यसरी खनिए पूर्व अर्थमन्त्री डा. महत, भन्छन सरकार काल्पनिक योजना बाँडदैछ

सरकारमाथी यसरी खनिए पूर्व अर्थमन्त्री डा. महत, भन्छन सरकार काल्पनिक योजना बाँडदैछ



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले केपी ओली नेतृत्वको सरकारले मुलुक र जनताका आवश्यकता र चाहनालाई लत्याइ काल्पनिक योजनाका सपना बाँडिरहेको आरोप लगाएका छन ।
रामेछापमा मन्थली उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्राथमिकताहरु एकातिर राख्दै सरकार काल्पनिक योजनाका सपना बाँडेर हिडिरहेको बताए ।

यसका साथै नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको अर्को कार्यक्रममा बोल्दै उनले धेरैजसो पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिइएको र प्रचार मात्रै बढी गरिएको आरोप लगाएका छन । उनले रेलको सन्दर्भमा कुरा गर्दै आर्थिक प्रतिफलको कुनै लेखाजोखा नगरिएको उक्त परियोजनालाई आफ्नो भन्दा छिमेकी देशको हितमा अघि सारिएको पनि प्पिणी गरे ।

उनले त्रिदेशीय मोडलबाट मात्र हित हुने भएकोले चिनीयाँहरु उत्सुक भएको हुनसक्ने बताउँदै महंगो पर्ने ऋणबाट यति ठूलो आयोजना सञ्चालन लाभदायी नहुने पनि प्रष्ट पारे ।

यसका साथै उनले तत्काल पूरा नहुने खालका काल्पनिक कुरा गरेर सरकारले जनताका तत्कालका आवश्यकताहरुलाई वेवास्ता गरिरहेको पनि बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL