Logo

चिनियाँ लगानीकर्तालाइ नेपालमा लगानी गर्न एफएनसीसीआइ अक्ष्यक्ष राणाको आग्रह, प्राथमिकतामा बीआरआई मुलुक

चिनियाँ लगानीकर्तालाइ नेपालमा लगानी गर्न एफएनसीसीआइ अक्ष्यक्ष राणाको आग्रह, प्राथमिकतामा बीआरआई मुलुक



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन । विहिबार १३ औं चीन दक्षीण एशिया व्यवसायी फोरमलाइ सम्बोधन गर्दै अध्यक्ष राणाले सो आग्रह गरेकी हुन ।

उनले चीन तथा बीआरआईसंग जोडिएका देशहरूमा खपत हुन सक्ने वस्तुहरू उत्पादन गर्ने गरि नेपालमा लगानी गर्न आग्रह गरेकी हुन ।
चीन तथा दक्षिण एशियाका व्यवसायिक नेतृत्वहरूको फोरमलाई संवोधन गर्दै अध्यक्ष राणाले चीन सरकारले अगाडी सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ अभियानले रोजगारी सृजना गर्नेदेखि नविनतम प्रविधिको विकास मार्फत चीन तथा दक्षिण एशिया क्षेत्रका जनताहरूको जीवनस्तर उच्च बनाउने लक्ष्य रहेको बताएकी हुन ।

अध्यक्ष राणाले आपसी लाभका लागि महत्वपूर्ण भनेको राष्ट्रहरु बीच यूवाहरुलाई एकत्रित गरी कार्यक्रम आदान प्रदान, शिक्षा स्वास्थ्य, विज्ञान र प्रविधि, साँस्कृतिक र पर्यटन जस्ता क्षेत्रमा सहकार्य गरी चीन तथा दक्षिण एशियालाई जोड्न सकिने बताएकी छिन ।

आपसी सहकार्यका माध्यमबाट नयाँ अवसरको सृजना गरी यस क्षेत्रका वासिन्दाको जीवनस्तर सुधारमा जोड दिदै राणाले यस क्षेत्रका राष्ट्रहरुका बजार सम्म पहुंच पुर्याउन सके विकास र समृद्धि टाढाको विषय नहुन जानकारी दिएकी हुन ।

सोही अवसरमा कुनमिङमा आयोजना भएको चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेलासमेत आयोजना भएको छ । उक्त मेलामा नेपालबाट सय वटा स्टलहरु मार्फत नेपाली वस्तुहरूको प्रदर्शनी भैरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL