Logo

नेपालीको प्रतिव्यक्ति आय १३८ डलरले बढ्यो, १००४ डलर पुग्यो

नेपालीको प्रतिव्यक्ति आय १३८ डलरले बढ्यो, १००४ डलर पुग्यो



काठमाडौं । नेपालीको प्रति व्यक्ति आम्दानी १ सय ३८ अमेरिकी डलरले बढेको छ । केन्द्रीय तथ्यांक विभागले सार्बजनिक गरेको तथ्यांक अनुसार पछिल्लो १ बर्षमा नेपालीको आम्दानी १ सय ३८ डलरले अर्थात १४ हजार रुपैयाँले बढेको हो ।

गत बर्ष नेपालीको बार्षिक औसत आम्दानी ८ सय ६६ अमेरिकी डलर थियो । तर, चालु आर्थिक बर्षमा बढेर औसत प्रति व्यक्ति आम्दानी १ हजार ४ अमेरिकी डलर हुने विभागले जानकारी दिएको छ ।

तर, नेपाल भित्रिएको रेमिटान्सलाई समेत जोड्ने हो भने नेपालीको जीएनडीआई प्रति व्यक्ति १ हजार २ सय ९४ डलर पुगेको छ । तर, खुद राष्ट्रिय बचत भने गत आवको तुलनामा घटेर ४३ दशमलव ९४ डलरमा सिमित भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL