Logo

देशको जीडिपी ३० खर्व माथी, चालु आवको आर्थिक वृद्धि दर ५.८९ प्रतिशत

देशको जीडिपी ३० खर्व माथी, चालु आवको आर्थिक वृद्धि दर ५.८९ प्रतिशत



काठमाडौं । केन्द्रिय तथ्यांक विभागले नेपालको चालु आर्थिक बर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८९ पुग्ने प्रक्षेपण गरेको छ । विभागले बुधबार नेपालको आर्थिक तथ्यांक सार्वजनिक गर्दै आर्थिक बृद्धिदर करिब ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत पुग्ने अनुमान गरेको थियो भने विश्व बैंकले पनि केही समय अघि चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो । विभागले भने सो दुई संस्थाको भन्दा बढि हुने भिन्नै तथ्यांक सार्वजनिक गरेको छ ।

चालु आवमा नेपालको अर्थतन्त्र सो अंकले बढेर ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान गरेको छ । यो बृद्धि गत आर्थिक बर्षको भन्दा ३ अर्ब ६४ अर्ब रुपैयाँ बढि हो । पछिल्लो समय नेपालमा निर्माण कार्य बढेको र जलद्यिुत उत्पादनमा पनि बृद्धि भएकाले देशको कुल ग्राह्स्थ्य उत्पादन बढेको केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । ‘पछिल्लो समय नेचुरल प्रोसेरभन्दा पनि अन्य एक्टिभिटिज बढेको छ,’ उनले भने, ‘जसले गर्दा देशको जीडीपी बढेको हो ।’

साथै नेपालीको प्रतिव्यक्ति आम्दानी पनि बढेर १ हजार ४ डलर पुगेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL