Logo

नेपालीको प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो, कूल ऋण दायित्व ६ खर्ब ९७ अर्ब

नेपालीको प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो, कूल ऋण दायित्व ६ खर्ब ९७ अर्ब


रासस
108
Shares

काठमाडौं । नेपालीको कूल ऋण २ हजार १ सय १४ ले बढ्न गएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा प्रतिव्यक्ति ऋण २२ हजार १ सय २९ रहेकामा यस वर्ष बढेर २४ हजार २ सय ७६ पुगेको हो । महालेखा नियन्त्रण कार्यालयले पेस गरेको विवरणमा आव २०७३÷७४ सम्म सरकारको कूल ऋण दायित्व ६ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ ।

आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ७१ करोड रहेको छ । यस्तै वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड रहेको छ । उक्त ऋण आव २०७३÷७४ को कूल गार्हस्थ्य उत्पादनको २६ दशमलव ८४ प्रतिशत रहेको हो । त्यसमा आन्तरिक ऋण १० दशमलव ९१ प्रतिशत र वैदेशिक ऋण १५ दशमलव ९३ प्रतिशत रहेको छ ।

कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व २४ हजार २ सय ७६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL