Logo

एडीबीको प्रक्षेपण, नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सिमति

एडीबीको प्रक्षेपण, नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सिमति



काठमाडौं । एसियाली विकास बैंक एडीबीले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत रहने अनुमान गरेको छ । एडीबीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एसियन आउटलुक २०१८ सार्वजनिक गरेको छ ।

यसका साथै एसियाली विकास बैंकका आर्थिक कर्मचारी मानबर खड्काले सन २०१८ मा नेपालको आर्थीक वृद्धिदर ५ प्रतिशतभन्दा कम रहने जानकारी दिएका हुन । सरकारको संसोधित आर्थिक बृद्धिदर ६ प्रतिशत रहने अनुमान भएपनि एडीबीले भने ५ प्रतिशतभन्दा तल नै रहने बताएको हो ।

यस अघि एडीबीले ६ महिनाको समिक्षा गर्दै नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ७ प्रतिशत रहने अनुमान गरेको थियो । तराईमा आएको बाढी तथा पुनर्निर्माणले गति लिन नसकेसँगै नेपालले लक्ष्य अनुरुप आर्थिक बृद्धिदर हासिल गर्न नसक्ने अनुमान गरेको हो ।

कार्यक्रममा एसियाली विकास बैंकका अर्थशास्त्री सरद भण्डारीले कमजोर विप्रेषण आयलाई निर्यात र पर्यटनको क्षेत्रको आम्दानीले क्षतिपूर्ति गर्न नसक्नाले चालु खाता घाटा बढ्न सक्ने जानकारी दिए ।

यसका साथै उनले यो बर्षको पहिलो ७ महिनामा राजस्व संकलन २६ दशमलव ९ प्रतिशतले बढेको जानकारी दिएका छन । एसियाली विकास बैंकले आयातको बृद्धिले निर्यातको वृद्धिलाइ पछि पार्दै गएको हुनाले व्यापार घाटा झन बढ्ने जनाएको छ ।

यसका साथै बैंकले २०७४ को मध्ये मसान्तसम्म व्यापार घाटा ५ अर्व ८० करोड अमेरिकी डलर पुगेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL