Logo

आर्थिक संकटमा परेको ग्रीसलाई इयूको ५ अर्व ७० करोड यूरो सहयोग

आर्थिक संकटमा परेको ग्रीसलाई इयूको ५ अर्व ७० करोड यूरो सहयोग


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । यूरोपेली यूनियन (इयू) का सदस्य राष्ट्रले ग्रीसलाई ५ अर्व ७० करोड यूरो उपलब्ध गराउने भएको छ ।

आर्थिक संकटबाट उठाउन पहिलो किस्ता बापत उक्त रकम बुधबार दिने भएको हो ।

कारोबारको माध्यम यूरो बनाएका इयूका १९ सदस्य राष्ट्रले आर्थिक संकटबारे पार लगाउन सहमति भए पछिको दिन लागेको यो पहिलो किस्ता हो ।

यसले ग्रीसलाई यस वर्ष भित्र जमानत कार्यक्रमबाट फिर्ता हुने बाटोलाई सहज बनाउने अपेक्षा गरिएको छ । यूरोको प्रचलन रहेका सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक मन्दीबाट बाहिर ल्याउन सन २०१० पछि ल्याएको तेस्रो राहत कार्यक्रम अन्तर्गतको पहिलो किस्ता स्वरुप ५.७ अर्व यूरो पुर्याउनका लागि तोकिएको आफ्नो भाग उपलब्ध गराउन यही जनवरीमा सहमति जनाएका थिए ।

बाँकी एक अर्व यूरो भने ग्रीसले अन्तिम सुधारको काम नगरे सम्म रोकिने र मे भन्दा पहिले नदिने दाताहरुले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL