Logo

विश्व बैंकले दियो २६ अर्ब ६० करोड ऋण, वित्त व्यवस्थापनमा सहयोग

विश्व बैंकले दियो २६ अर्ब ६० करोड ऋण, वित्त व्यवस्थापनमा सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैँकले २६ अर्व ६० करोड बराबरको ऋण प्रदान गर्ने घोषणा गरेको छ ।

बैँक सञ्चालक कार्यकारी समितिको बुधबार बसेको बैठकले नेपालको सार्वजनिक वित्त ब्यवस्थापनमा सुधार ल्याउन तथा रानीजमरा सिँचाइ परियोजना (दोस्रो चरण) को आधुनिकीकरणका निम्ति उक्त रकम उपलब्ध गराउने भएको हो ।

एकात्मक शासन प्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भएको ऐतिहासिक क्षणमा नेपाली नागरिकलाई सहज ढंगले सेवा प्रवाह गर्न आवश्यक पर्ने संघीयताको वित्तीय ढाँचा लगायत पूर्वधार स्थापनाका निम्ति नव निर्वाचित सरकारलाई ऋण सहयोग गरेको उक्त बैँकका नेपाल, बंगलादेश र भुटानका देशीय निर्देशक चिम्याओ फ्यानले बताएका छन ।

ऋणस्वरुप प्रदान गरिने उक्त रकम अन्तरसरकारी वित्त ब्यवस्थापन ऐन, वित्तीय जवाफदेहिता तथा बजेट व्यवस्थापन ऐन कार्यान्वयन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग स्थापना, सार्वजनिक वित्त व्यवस्थापन प्रणालीको सुद्दढीकरण र राजश्व संकलन सुधारमा उपयोग हुने बैँकले जनाएको छ ।

सञ्चालक समितिले बैँकलाई समावेशी विकाश हासिल गर्न नेपालको लक्ष प्राप्तिमा पूर्ण रुपले सहयोग गर्ने तथा नेपालको विकाशका अन्य साझेदारहरु सँग समन्वय गरी विकाश निर्माणका कार्यक्रम नपुगेका स्थानहरुमा पुग्न प्रोत्साहन गर्ने बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL