Logo

नेपाल भारत पारवहन समस्यालाई समाधान गरिँदै

नेपाल भारत पारवहन समस्यालाई समाधान गरिँदै


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल भारतबीचको व्यापार तथा पारवहनका क्षेत्रमा भएका समस्यालाई नतीजामूलक संवोधन गर्ने तयारी भएको छ ।

विश्वब्यापार संगठनको मार्च १९ र २० मा भारतमा भएको मन्त्रिस्तरीय बैठकमा सहभागि भएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वरासँगको भेटमा समस्यालाई संवोधन गर्ने तयारी भएको बताएकी छिन् ।

स्वराजसंगको भेटमा मन्त्री यादवले नेपालमा राजनैतिक परिवर्तन पछी अबको लक्ष्य देशलाई एकतावद्ध गर्ने, राजनीतिक स्थायित्व कायम गर्ने, सुशासन, आर्थिक वृद्धि र समृद्धि हासिल गर्ने रहेको बताएका छन । साथै यादबले नेपाल भारत बीचको व्यापार र पारवहनको क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न एकीकृत जांच चौकी लगायतका व्यापार जन्य पूर्वाधार निर्माण, क्रशबोर्डर रेलवे निर्माण, कलकत्ता बाट नेपाल आउने कार्गोलाई थप सहजीकरण, कलकत्ता देखि कोशी नदीसम्म जलमार्ग निर्माण र नेपाल तथा बंगलादेश जोड्ने टनेल मार्ग निर्माण गरी दुई देशबीचको सम्वन्धलाई नयाँ उचाईंमा पुर्याउनु पर्ने माग राखेका छन ।

भारतका उद्योग तथा वाणिज्य मन्त्री सुरेस प्रभुसँगको भेटमा मन्त्री यादवले नेपालबाट भारतमा निकासी हुने वस्तुहरु (खासगरी कृषि जन्य वस्तुहरु) को निर्यात सरलीकरण गर्ने बताएका छन् । जसका लागि नेपाल भारत सीमाका मुख्य भंसार नाकाहरुमा क्वारान्टाइन लगायतका व्यापार जन्य पूर्वाधार निर्माण गर्ने, भारत संगको व्यापार घाटा न्यूनीकरण गर्ने र नेपालमा भारतीय लगानी वृद्धि गर्ने विषयमा जोड दिएका छन ।

भारतीय मन्त्री प्रभुले नेपाल–भारत बीचको व्यापार र पारवहनमा देखा परेका समस्याहरु बारेमा आफु जानकार रहेको बताएका छन् । साथै ती समस्याहरु समाधान गर्न, नेपालमा उत्पादनको उच्च संभावना भएका वस्तुहरुमा लगानी बृद्धि र व्यापार क्षमता विकासमा नतिजा देखिने गरी काम गर्न भारत इच्छुक रहेको बताएका छन । नेपालमा हुने वाणिज्य सचिव स्तरिय बैठकलाई सफल बनाउन पूर्ण तयारीका साथ काम थाल्ने र तत्काल गर्न सकिने कार्यहरुका सन्दर्भमा तत्काल कार्य शुरु गर्न सहमती समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL