Logo

श्वेतपत्र ल्याउन किन भयो ढिलाई ? यस्तो हुँदै छ तयारी !

श्वेतपत्र ल्याउन किन भयो ढिलाई ? यस्तो हुँदै छ तयारी !


बिजखबर संवाददाता
1.4k
Shares

काठमाडौं । सरकारले यसै हप्ता ल्याउने भनिएको श्वेत पत्र पछि धकेलिएको छ । केही समय अघि अर्थमन्त्री डा. युवराज खतिवडाले फागुनको अन्तिम साता श्वेतपत्र ल्याउने बताएपनि तत्काल आउने संकेत देखिएको छैन ।

यसैगरी अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले पनि सरकारले शुक्रबारसम्म श्वेतपत्र ल्याउने बताएका थिए । श्वेतपत्र ल्याउने सम्बन्धमा द्वूत गतिमा काम भइरहेको र यो हप्ता जसरी पनि ल्याइने बताएका थिए ।

तर, श्वेतपत्रलाई नीतिगत रुपमा विस्तृत तरिकाले समेटेर ल्याउन लागिएकाले केही ढिलाई भएको अर्थमन्त्रीमा स्वकीय सचिव तुलसी मैनालीले जानकारी दिए । श्वेतपत्रमा अर्थमन्त्रीले नीतिगत विषयमा स्पष्टता ल्याई हाल देखिएको अर्थतन्त्रका मुख्य मुख्य विषयबस्तुलाई समेट् निर्देशन दिएसँगै सोही अनुरुप काम भइरहेको उनको भनाई थियो । साथै आगामी हप्ताभित्रमा श्वेतपत्र आउने समेत उनको दावी थियो ।

श्वेतपत्रले नीतिगत रुपमा बढी समेट्न लागेको समेत अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । विशेषगरी बजारमा देखिएको तरलता अभाव, आयोजना निर्माणका सम्बन्धमा देखिएको विकृति तथा नयाँ योनजाका विषयमा श्वेतपत्रले समेट्ने छ । श्वेतपत्रमा समेट्नका लागि धेरै विषयबस्तु आएको र त्यसलाई मिलाउन नै समय लागेको समेत अर्थका एक अधिकारीले जानकारी दिए ।

श्वेतपत्रमा यस अघि कार्यान्वयन चरणमा गएका तर सम्पन्न नभएका, बजेट विनियोजन भएर पनि कार्यान्वयनमा नआएका तथा केन्द्रबाटै हेर्दै आएका आयोजनाको विषयमा पनि सम्बोधन गरिने भएको छ ।

यसैगरी राज्यले आफ्ना नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षाका विषयमा श्वेतपत्रले केही परिमार्जन सहित नयाँ कार्यक्रम ल्याउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL