Logo

स्थानीय तहमा पुग्यो २ खर्ब २५ अर्ब, तरलतामा होला सहजता ?

स्थानीय तहमा पुग्यो २ खर्ब २५ अर्ब, तरलतामा होला सहजता ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केन्द्र सरकारले स्थानीय तहमा २ खर्ब २५ अर्ब रुपैयाँ पठाएको छ । केन्द्र सरकारले आज (चैत १ गते) तेस्रो किस्ता रकम पठाएसँगै स्थानी तहको खातामा सो रकम पुग्ने छ ।

सरकारले चालू आवको बजेटमार्फत स्थानीय तहका लागि अनुदान स्वरुप कुल २ खर्ब २५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । जसलाई साउन १, मंसिर १ र चैत १ गरी तीन किस्तामा स्थानीय तहमा पठाएको हो । उक्त रकम देशभरमा ७ सय ५३ स्थानीय तहमा पुग्नेछ ।

यसैगरी स्थानीय तहले सशर्त अनुदान एक वर्षमा गाउँपालिकाले १० करोडदेखि ३९ करोड, नगरपालिकाले १५ करोडदेखि ४३ करोड, उपमहानगरपालिकाले ४० करोडदेखि ६३ करोड तथा महानगरपालिकाले ५६ करोड रुपैयाँदेखि १ अर्ब २४ करोड रुपैयाँसम्म प्राप्त गरेका थिए ।

आजसमेत गरी स्थानीय तहमा सवाँ २ खर्ब रुपैयाँ बजेट पुगेपनि सोही अनुरुप खर्च हुन नसकेको अर्थ सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए । स्थानीय तहमा खर्च हुने बजेटको रियल टाइम खर्चको तथ्याङ्क अनाउने भएकाले पनि वास्तविकत तथ्याङ्क नआएको उनको भनाइ थियो ।

स्थानीय तहमा यस अघि पुगेको कुल १ खर्ब ५० अर्ब रुपैयाँ बजेटको एक तिहाई रकम पनि खर्च नभएको अर्थ स्रोतले जानकारी दिएको छ । केन्द्र सरकारले बजेट विनियोजन गरेपनि स्थानीय तहको खातामा थुप्रेर बसेको छ । केन्द्र सरकारले नियमित कार्य अनुरुप आज थप ७५ अर्ब रुपैयाँ स्थानीय तहमा पठाएपनि सो रकम खातामै थुप्रेर बस्नेछ । बजारमा तलरता समस्या समाधान गर्न सरकारले बजेट निकासा गरेपनि स्थानीय तहको खातामा थुप्रेर बस्दा थप समस्या उत्पन्न थएको सम्बद्ध स्रोतको दाबी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL