Logo

बजेट घाटामा गएको सरकारलाई सवा ३ खर्बको गैर बजेटरी दबाब

बजेट घाटामा गएको सरकारलाई सवा ३ खर्बको गैर बजेटरी दबाब


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । सरकार माथी थप ३ खर्ब रुपैयाँको गैर बजेटरी मागको दबाब आएको छ । पछिल्लो समय गैर बजेटरी माग बटेर ३ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी पुगेको अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए ।

चालू आर्थिक बर्षको बजेट परिचालनका लागि नै स्रोत व्यवस्थापन गर्न कठिन भइरहेको अवस्थामा बढ्दो गैर बजेटरी मागले गर्दा थप समस्या बनाएको उनको भनाइ थियो । बजेट अभावका कारण ठेकेदार कम्पनीलाई भुक्तानी दिन समस्या परिरहेको अवस्थामा गैर बजेटरी माग उच्च भएको समेत उनको कर्त थियो ।

सरकारले चालू आबको बजेट निर्माणका क्रम गरेको स्रोत व्यवस्थापनमा नै समस्या आएपछि सरकार बजेट घाटामा रहेको छ । गत आबको बजेटबाट ताएिको रकम, बहुपक्षीय दाताहरुले दिने भनिएको रकम नआएपछि समस्या भएको उनको तर्क थियो ।

अर्थ मन्त्रालयका अनुसार सो अबधिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सबैभन्दा थप बजेट माग आएको छ । सो मन्त्रालयबाट ६९ अर्ब ६९ करोड रुपैयाँ थप बजेट माग भएको छ । यसैगरी, दोस्रो बढी माग सिचाई मन्त्रालयबाट भएको । सिचाईबाट ४३ अर्ब १६ करोड रुपैयाँको माग हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ३५ अर्ब ३८ करोड रुपैयाँ माग भएको छ ।
यस्तै विनियोजित बजेट समेत खर्च गर्न नसकेको राष्ट्रिय पुनर्निर्माण मन्त्रालयले पनि ३७ अर्ब रुपैयाँ थप बजेट माग गरेको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

तर, स्रोत अभावकै कारण चालू आबको बजेट घाटा ८२ अर्ब ९० करोड रुपैयाँ छ । यसैगरी शोधनान्तर बचत र चालू खाता घाटा पनि उच्च रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL