Logo

सिमित बस्तुको भरमा भारततर्फको निर्यात, किन लाग्दैछन् अधिकांश बस्तु ओरालो ?

सिमित बस्तुको भरमा भारततर्फको निर्यात, किन लाग्दैछन् अधिकांश बस्तु ओरालो ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गत ६ महिनामा नेपालबाट भारततर्फ अधिकांश वस्तुको निर्यात खस्किएको छ । नेपालबाट चालु आर्थिक बर्षको पहिलो ६ महिनामा ४९ ओटा बस्तु भारततर्फ बाहिरिएकोमा ३१ ओटा वस्तुको निर्यात घटेको हो ।

बाँकी १८ ओटा नेपाली उत्पादनको निर्यात मात्र बढेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । अधिकांश बस्तुको निर्यात घटेपनि समग्रमा भने भारततर्फको निर्यात बढेको छ ।

राष्ट्र बैंकका अनुसार ६ महिनामा भारततर्फ २३ अर्ब ६ करोड रुपैयाँ बराबरको समाना निर्यात भएको छ । जुन अघिल्लो आबको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो ।

पशु आहार, पोलिष्टर धागो, वनस्पती घ्यू, जुटलगायतको निर्यात बढेकोले समग्र निर्यात्मा सकारात्मक प्रभाव देखिएको हो । सो अवधिमा नेपालबाट १ अर्ब ६२ करोड रुपैयाँ बराबरको जिंग सिट निर्यात भएको छ । जुन गत आवको सो अवधिको तुलनामा २६ प्रतिशतले बढी हो । अघिल्लो आवको ६ महिनामा १ अर्ब २८ करोड रुपैयाँ बराबरको जिंक सिट भारततर्फ बाहिरिएको थियो ।

त्यसैगरी पोलिष्टर धागो १ अर्ब ४४ करोड रुपैयाँको निर्यात भएको छ । ६ महिनामा नेपालबाट २ अर्ब ४० करोड रुपैयाँको जुस भारततर्फ बाहिरिएको छ । तर, अलँैची, जीआई पाईप, उनी गलैँचा, तामाका तारलगायतको निर्यातमा भने कमी आएको छ ।

आर्थिक बर्ष २०७४/७५ को ६ महिनासम्ममा कुल वस्तु निर्यात १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा नेपालबाट ४१ अर्ब १४ करोड रुपैयाँको सामान बाहिरिएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४ दशमलब ८ प्रतिशतले वृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL