Logo

सुमार्गीको पैसा नरोक्न सर्वोच्चको आदेश

सुमार्गीको पैसा नरोक्न सर्वोच्चको आदेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको रकम नरोक्न अन्तरिम आदेश दिएको छ । सुमार्गीको करिव सवा २ अर्ब रकम नरोक्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले गरेको रोक्का फुकुवाको माग गर्दै सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम आइतबार सर्वोच्च गएको थियो ।

मंगलबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले रकम विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको छ ।
रकम रोक्का गर्ने कानुनी आधार र कारण नभएको तथा उद्योगलाई क्षति पुगेको सर्वोच्चको ठहर छ ।

सर्वोच्चले फागुन २ गते दुबै पक्षलाई बोलाएको छ । साथै विपक्षीलाई लिखित जवाफ पेश गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL