Logo

दोस्रो नेपाल–भारत व्यापार मेला भारतको उत्तराखण्डमा शुरु, नेपाली वस्तुका ५६ स्टल

दोस्रो नेपाल–भारत व्यापार मेला भारतको उत्तराखण्डमा शुरु, नेपाली वस्तुका ५६ स्टल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दोस्रो नेपाल–भारत व्यापार मेला तथा पर्यटन महोत्सव २०१८ भारतको उत्तराखण्डमा शुरु भएको छ ।
उक्त महोत्सवको उत्तराखण्ड राज्य सरकारका मुख्य मन्त्री त्रिवेन्द्र सिंह रावतले उद्घाटन गरेका हुन ।

निकासी योग्य बस्तुको पहिचान एवं बजार प्रबद्र्धन गर्नुका साथै नेपालमा उत्पादित बस्तु तथा सेवाहरूको बजार प्रबद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गर्न लागेको हो ।

महासंघको सदस्य कञ्चनपुर उद्योग वाणिज्य संघले निकासी जन्य एवं कृषि जन्य वस्तु भारत निकासीमा विस्तार गर्न गत वर्षदेखि देहरादूनमा मेला आयोजना गर्न लागेको हो । मेलामा ५६ वटा स्टलहरु मार्फत नेपाली कृषि उत्पादन, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुहरू प्रदर्शनी गरिएको छ ।

मेलाको मुख्य आकर्षणमा नेपाली राष्ट्रिय तथा स्थानीय उत्पादन र सेवाहरू, पर्यटकिय क्षेत्रहरूको विस्तृत जानकारी, टुर एण्ड ट्राभल्स प्याकेज, नेपालका मुख्य मुख्य पर्यटकिय सम्पदाहरूको प्रचार प्रसार रहेका छन् ।

आफ्ना सदस्य उद्योग वाणिज्य संघहरू मार्फत आयोजना सिमाना जोडिएका अन्य भारतीय प्रदेशहरूमा समेत यस्ता मेलाहरू आगामी दिनमा गर्दै जाने योजना महासंघको छ ।

मेलामा मुख्य मन्त्री रावतले समग्र नेपालको समृद्धिमा भारत सदैव सहयोगी रहने विश्वास दिलाए । उनले आफ्नो सरकारले नेपाल भारत बीचको यातायात व्यवस्थालाई सहज र सवल बनाउन लागेको समेत जानकारी दिए ।
साथै उनले उत्तराखण्ड राज्य पनि पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको भन्दै दुई देशबीचको पर्यटन अगाडी बढाउन उत्तराखण्ड सरकार सदैव तयार रहेको बताए ।

कार्यक्रमका सभापति एवं महासंघका अध्यक्ष भवानी राणाले दुई देशबीच आयोजना हुने यस्ता मेला महोत्सवले नेपाल भारत बीचको आर्थिक व्यापारिक, धार्मिक तथा जनस्तरको सम्बन्धलाई थप उचाईमा पु¥याउने धारणा व्यक्त गरिन ।
अध्यक्ष राणाले उत्तराखण्ड, नेपालीका लागि समेत पवित्रस्थल भएकाले नेपाल र उत्तराखण्ड बीच धार्मिक पर्यटन प्रवद्र्धनमा समेत निकै ठूलो सम्भावना रहेको बताइन ।

उनले उत्तराखण्डमा अवस्थित देवस्थलहरू र नेपालस्थित हिन्दूहरूका आराध्यदेव भगवान पशुपतिनाथ, भगवान गौतम वुद्धको जन्मस्थल एवं शान्ति भूमी लुम्बिनी आपसी धार्मिक पर्यटन प्रवद्र्धनका महत्वपूर्ण आधार भएको बताइन ।

उत्तराखण्ड र नेपाल बीच कृषि क्षेत्रमा समेत सहकार्यको निकै ठूलो सम्भावना रहेको औल्याए । उनले नेपालमा कृषि तथा जडीवूटीमा आधारित उद्योग संयुक्त लगानीमा स्थापना गर्न सकेमा दुवै देशका जनता लाभान्वित हुने हु“दा यसमा विशेष सहयोग गर्न उत्तराखण्ड सरकार समक्ष अनुरोध गरिन । कार्यक्रम यही माघ २५ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL