Logo

६ महिनामा विरगञ्जको व्यापार घाटा १ खर्ब ८२ अर्ब पुग्यो

६ महिनामा विरगञ्जको व्यापार घाटा १ खर्ब ८२ अर्ब पुग्यो


बिजखबर संवाददाता
0
Shares

पर्सा । देशकै प्रमुख भन्सार नाका विरगञ्जको व्यापार घाटा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ३२ गुणा पुगेको छ । गत आबको पहिलो ६ महिनामा विरगञ्ज नाकाको व्यापार घाटा १९ गुणा रहेकामा चालू आवको सोही अबधिमा आईपुग्दा त्यस्तो घाटा ३२ गुणा पुगेको हो ।

आब २०७४÷७५ को साउनदेखि पुससम्म १ खर्ब ८८ अर्ब १२ करोड ९४ लाख रुपैयाँ बराबरको विभिन्न वस्तु आयात भएको थियो । तर, सो नाका भएर ५ अर्ब ७२ करोड ९६ लाख रुपैयाँको मात्र बस्तु निर्यात भएको विरगञ्ज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए ।

चालू आबको ६ महिनामा विरगञ्ज नाकाको व्यापार घाटा १ खर्ब ८२ अर्ब ३९ करोड ९७ लाख रुपैयाँ पुगेको उनले जानकार दिए । पछिल्लो समय नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने निर्यात दिनानुदिन घट्दै गएको र आयात बढ्दै गएका कारण वीरगञ्ज नाकाको व्यापार घाटा बढ्दै गएको हो ।

गत आबको तुलनामा चालू आबको पहिलो ६ महिनामा १ अर्ब ९१ करोड १२ लाख बराबरको वस्तुको निर्यातमा कमी आएको भन्सारले जानकारी दिएको छ । आब २०७३÷७४ को पहिलो ६ महिनामा विरगञ्ज नाकाबाट ७ अर्ब ६४ करोड ८ लाख रुपैयाँको विभिन्न वस्तु निर्यात भएको तुलनामा चालू आवको सोही अवधिमा ५ अर्ब ७२ करोड ९६ लाख रुपैयाँमा खुम्चिएको छ रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL