Logo

चेम्वरले मनायो ६६औं अन्तरराष्ट्रिय भन्सार दिवश, भन्सारको सहजीकरणमा विशेष जोड

चेम्वरले मनायो ६६औं अन्तरराष्ट्रिय भन्सार दिवश, भन्सारको सहजीकरणमा विशेष जोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजी क्षेत्रसँंग सहकार्य गरेर मुलुकलाई आर्थिक समृद्धितिर लैजान सरकार तत्पर रहेको बताएका छन ।

नेपाल चेम्वर अफ कमर्सले आयोजना गरेको ६६ औं अन्तरराष्ट्रिय भन्सार दिवशमा उनले यसो भनेका हुन । मन्त्री कार्कीले नेपालको भन्सारलाई विकशित देशको भन्सार सरह पु¥याउन सरकार प्रयत्नशिल रहेको चर्चा गरे ।

सो अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले भन्सारको सहजीकरणमा विशेष जोड दिए । यसैगरि उनले आधुनिक प्रविधिको विकाससँंगै घरबाटै राजश्व तिर्न सक्ने गरी इकमर्सको व्यवस्था हुनु पर्ने बताए ।

साथै उनले हरेक वर्ष नेपाल चेम्वरले भन्सार दिवस मनाउँंदै आएको चर्चा गर्दै भन्सारलाई व्यवस्थित पानु पर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा भन्सार प्रशाशनमा उत्कृष्ट काम गरेबापत सुख्खा बन्दरगाह वीरगञ्जका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईलाई सम्मान गरिएको थियो ।

विश्वभर शुक्रबार भन्सार दिवस मनाइँंदैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL