Logo

नेपाल-चीन व्यापार विस्तार गर्न समझदारी, संयुक्त लगानी प्रवद्र्धनमा सहकार्य

नेपाल-चीन व्यापार विस्तार गर्न समझदारी, संयुक्त लगानी प्रवद्र्धनमा सहकार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटि) डङगोन शहर समितिका उपाध्यक्ष लिउ सिआओजिङको नेतृत्वको भ्रमण टोलिले नेपालको भ्रमण सम्पन्न गरेको छ ।

उक्त भ्रमणमा टोलिले नेपाल चीन उद्योग वाणिज्य संघ आवद्ध व्यवसायीहरुसंग भेट गरी द्विपक्षीय आर्थिक व्यापारिक तथा पर्यटन प्रवद्र्धनका विषयमा अन्तरक्रिया सम्पन्न गरेको हो ।

सो अवसरमा ‘सिसिपिआइटी सानडोङ’ तथा संघ वीच द्विपक्षीय समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा संघका तर्फबाट उपाध्यक्ष पञ्चरत्न शाक्य तथा ‘सिसिपिआइटी सानडोङ’ का तर्फबाट उपाध्यक्ष लिउ सिआओजिङले हस्ताक्षर गरेका थिए ।

सहमती अनुसार दुबै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधिकरणका लागि एक आपसमा सहकार्य गर्नुका साथै विभिन्न व्यापारिक सूचनाहरुको आदान प्रदान गर्नेछन् ।

सो अवसरमा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चीन वीचको सदियौं पुरानो सुमधुर सम्बन्धको चर्चा गरे । साथै संघ तथा सानडोङ प्रान्त वीच विगत वर्षहरु देखि सूचनाको आदान प्रदान भइरहेको तथा नेपाली व्यापारिहरुले व्यापारिक मेलाहरुमा भाग लिइरहेको बताए ।

साथै उनले संघ र सानडोङ प्रान्त वीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, पर्यटन, उद्योग, तयारी पोशाक तथा लगानी बृद्धिमा विस्तार गर्दै जाने जानकारी दिए ।

नेपालमा कृषि, खाद्यन्य तथा तयारी पोशाक उद्योग, पर्यटन, बैंकमा संयुक्त लगानीका लागि समेत आह्वान गर्दै उनले नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई संघले सक्दो सहयोग गर्ने समेत बताए । यसका साथै सानडोङ शहर तथा ललितपुर उपमहानगरपालिका विच भगिनी सम्बन्ध स्थापनाका लागि संघ तथा ‘सिसिपिआइटी सानडोङ’ ले पहल गर्ने कुरा व्यक्त गरे ।

सो अवसरमा ‘सिसिपिआइटी सानडोङ’ का अन्तराष्ट्रिय सम्बन्ध निर्देशक जोउ सीयाले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न सहयोग गर्नुका साथै लगानी विस्तार अध्यय्नका लागि भविष्यमा नेपाल भ्रमण गर्ने कुरा बताए ।

प्रतिनिधि मण्डलमा पर्यटन, तयारी पोशाक, अटोमोवाइल क्षेत्रलगायतका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL