Logo

चेम्बर अफ कमर्स स्थापनाको ६८औं बर्षमा, निर्यात बृद्धि गर्ने व्यवसायीलाई सम्मान गर्नुपर्नेमा जोड

चेम्बर अफ कमर्स स्थापनाको ६८औं बर्षमा, निर्यात बृद्धि गर्ने व्यवसायीलाई सम्मान गर्नुपर्नेमा जोड


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रको विकासका लागी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ६७ औं बार्षिकोत्सव तथा निर्यात दिवश २०७४ को उद्घाटन गर्दै उनले स्वेदशी वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्ने बताएका हुन् ।

आयात बढ्ने तथा निर्यात घट्ने अवस्था आएको भन्दै मुलुकको आर्थिक समृद्धिका लागि निर्यातलाई बढावा दिन सुझाव दिए । उनले स्वदेशी सामानको उत्पादन गरि निर्यात गर्ने उद्योगी तथा व्यापारिलाइ पुरस्कार प्रदान गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले राजनीतिक स्थायीत्व आर्थिक समृद्धिको पहिलो मार्ग भएको बताए ।कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले राजनीतिक स्थायीत्व, ऐन कानुनमा परिमार्जन, भ्रष्टाचार मुक्त प्रशासन तथा आर्थिक विकाश नै निजी क्षेत्रको चाहना रहेको बताए ।

साथै उनले लगानीकर्ताको मनोवल वृद्धि गर्ने कार्य गरिदिन तथा लगानीकर्ताको विश्वास जित्ने वातावरणतर्फ केन्दि«त हुन सरकार पक्षलाई आग्रह गरे ।

मुलुकका सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई पु¥याउने अभियानको शुभारम्भ यसै ६७ औं वार्षिक साधारणसभा मार्फत भएको जानकारी दिए ।

हाल चेम्बरमा ८५ वटा वस्तुगत संघ, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ आवद्ध रहेको छ र ५२ वटा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको समेत उनले बताए । यसैगरि उक्त समारोहका माध्यमबाट प्रशंसा पत्र तथा कदर पत्र प्रदान गरिएको थियो ।

सो अवसरमा लाइफ टाइम एचीभमेन्ट अवार्डबाट गशेशभक्त शाख, इन्द्रभक्त मेमोरिय अवार्डबाट शिवकुमार अग्रवाल, वनवारीलाल मेमोरियल अवार्डबाट सुगतरत्न कंसाकारलाई पुरस्कृत गरियो । साथै नेपाल चेम्वर अफ कमर्सको कार्यसमितिमा रहेर निरन्तर ४० वर्ष भन्दा वढी विभिन्न पदमा रहेर कार्य गरी विशेष योगदान पुर्याएका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरलाई कदरपत्र प्रदान गरिएको छ ।
त्यस्तै व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यसहित विभिन्न शिर्षक अन्तर्गतका उत्कृष्टलाई सम्मानपत्र प्रदा गरिएको थियो ।

जसमा कार्गाेतर्फ मुक्तिनाथ डि कार्गाे प्रालिका डाईरेक्टर नबिन चित्रकार, गर्लचातर्फ हिमालयन आर्टस कार्पेटका प्रबन्ध निर्देशक नुर्वु लामा, तयारी पोशाक तर्फ यूनाइटेड कलर्स फेशन प्रालिका प्रबन्ध निर्देशक मिना महर्जन चित्रकार, फेल्ट तर्फ एभरेष्ट फेशनका रबिना खड्गी तथा हस्तकलातर्फ अष्टमंगल उद्योगका प्रोप्राइटर उर्गेन लामा ले कदरपत्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL