Logo

वैदेशिक सहायता परिचालनमा सरकार निरीह, सम्झौताको २० प्रतिशतमात्र सोधभर्ना

वैदेशिक सहायता परिचालनमा सरकार निरीह, सम्झौताको २० प्रतिशतमात्र सोधभर्ना


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । वैदेशिक आर्थिक सहायता परिचालनमा सरकार निरीह भएको छ । विभिन्न अयोजनलाई दातृ निकायले रकम उपलब्ध गराएपनि नेपाल सकारले त्यसलाई प्रभावकारी रुपमा परिचानलन गर्न नसक्दा सोधभर्नामा कठिनाई भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

वैदेशिक सहायता प्राप्त आयोजनाले अपेक्षित गति नलिँदा दातृ निकायले दिएको रकम परिचालन नभएको अर्थ मन्त्रालय, अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिए । उनका अनुसार चालू आर्थिक बर्षको ५ महिनामा जम्म १८ अर्ब रुपैयाँ मात्र सोधभर्ना भएको छ ।

उनका अनुसार चालू आवको मंसिरसम्ममा ९९ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो । त्यसमध्ये ९४ अर्ब १८ करोड २० लाख सम्झौता भएको र त्यसको २० प्रतिशत रकम मात्र सोधभर्ना भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । सरकारले अन्तरराष्ट्रिय आर्थिक सहायता राष्ट्रिय आवश्यकता र प्राथमिकतामा परिचालन गर्ने बताएको थियो । संघीयता अनुकूल हुने गरी विकास सहायता पहिचान गर्ने विधि तय गरी कार्यान्वयन गरिने बजेटमा उल्लेख गरेको थियो /रासस

प्रतिक्रिया दिनुहोस्
MBL