Logo

५ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च, पूँजीगत खर्च ९ प्रतिशतमा सिमित

५ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च, पूँजीगत खर्च ९ प्रतिशतमा सिमित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ५ महिनामा २७ प्रतिशत मात्र बजेट खर्च गरेको छ । सो अबधिमा सरकारले कुल ३ खर्ब ४० अर्ब १९ करोड रुपैयाँ खर्च गरेको हो ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार सो अबधिमा चालू खर्च दुई खर्ब ९२ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ३६ दशमलव ४४ प्रतिशत खर्च भएको छ । यसैगरी पूँजीगततर्फ ३१ अर्ब ९९ करोड अर्थात् ९ दशमलव ५५ प्रतिशत खर्च भएको छ ।

सो अबधिमा वित्तीय व्यवस्थातर्फ १५ अर्ब ४१ करोड रुपैयाँ अर्थात् १० दशमलव ९९ प्रतिशत खर्च भएको छ । सरकारले पूँजीगत खर्च बढाउन सम्बन्धित मन्त्रालयमार्फत आयोजना तथा कार्यालयहरुलाई निर्देशन दिइएको जानकारी दिएको छ ।

चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र आगामी दिनमा खर्च गर्ने क्रम अझै बढ्ने मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले चालू आवको मंसिर महिनासम्ममा दुई खर्ब ५१ अर्ब १२ करोड ७४ लाख ९७ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा त्यसको ९५ दशमलव ५६ प्रतिशत असुली गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ११४ दशमलव ९७ ले वृद्धि हो /रासस

प्रतिक्रिया दिनुहोस्
MBL