Logo

तीन ब्रोकर कम्पनीलाई भ्याट तिर्न राजस्वको पत्र, प्रति कम्पनी १ करोड ५० लाखसम्म निर्धारण

तीन ब्रोकर कम्पनीलाई भ्याट तिर्न राजस्वको पत्र, प्रति कम्पनी १ करोड ५० लाखसम्म निर्धारण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले विभिन्न ३ वटा ब्रोकर कम्पनीलाई मूल्य अभिबृद्धि कर (भ्याट) लगाएको छ । कर कार्यालयले विभिन्न ३ ब्रोकर कम्पनीलाई कर निर्धारण गरी तिर्नका लागि पत्राचार गरेको स्रोतले जानकारी दिएको छ ।

समाचार स्रोतका अनुसार कर कार्यालयले ब्रोकर नम्बर ५२ को सुन्धरा सेक्युरिटी, ५३ को इन्भेष्टमेन्ट म्यानेजमेन्ट र ५४ को सेवा सेक्युरिटीलाई  भ्याट तिर्नका लागि पत्राचार गरेको उक्त स्रोतको भनाइ छ ।

यस अघि पनि सेयर कारोबारमा लगानीकर्ताबाट असुली गरिएको सेवा शुल्कमा लगाउने विषयमा विवाद भएको थियो । त्यतिवेला सो विषय त्यतिकै टुङ्गिएको थियो । तर सम्बन्धित कर कार्यालयहरुले पुनः सेयर कारोबारमा भ्याट लगाइ तिर्नका लागि ब्रोकर कम्पनीलाई पत्राचार गरेका छन् । ‘कर कार्यालयले ४ बर्षको देखिको भ्याट निर्धारण गरी १५ दिनभित्र बुझाउनका लागि कर कार्यालयमा आउन सम्बन्धित ब्रोकर कम्पनीलाई पत्राचार गरेको छ,’ करका एक अधिकारीले भने, ‘सो अबधि भित्र नआएमा कानुनी रुपमाबाटै उठाउने छौं ।’

समाचार स्रोतका अनुसार ३ वटा ब्रोरलाई प्रति कम्पनी १ करोड ५० लाख रुपैयाँसम्म भ्याट निर्धारण गरी तिर्नका लागि पत्राचार गरिएको छ । ‘एउटा कम्पनीलाई न्युतनम १ करोड १५ लाख देखि अधिकतम १ करोड ५३ लाख रुपैयाँसम्म भ्याट निर्धारण गरी तिर्नका लागि पत्राचार गरिएको छ,’ उक्त स्रोतले भन्यो ।

आन्तरिक राजस्व विभागका डेपुटी महानिर्देशक तथा प्रवक्ता यज्ञप्रसाद ढुंगेल भने ब्रोकरको कारोबारमा भ्याट लगाउने अधिकार सम्बन्धित कर कार्यालयलाई नै भएको हुँदा सो विषयमा आफुलाई जानकारी नभएको बताउँछन् । ‘सेयर कारोबारमा सम्बन्धित कर कार्यालयका कर अधिकृतले भ्याट लगाउन सक्छन्,’ उनले भने, ‘सो विषयमा विभागसँग सोधिरहनु पर्दैन ।’

ढुङ्गेलका अनुसार यस अघि नै ब्रोकरहरुले तिर्नुपर्ने भ्याट निर्धारणको काम शुरु गरिएको थियो । हाल कर कार्यालयले सो विषयमा टुङ्गो लगाएर तिर्नका लागि सम्बन्धित ब्रोकरलाई पत्राचार गरेको हुन सक्ने बताए । साथै ब्रोकर कम्पनीलाई २०६९ सालमै भ्याटमा दर्ता हुन पत्राचार गरिएको समेत विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL