Logo

शुक्रबारदेखि केन्द्रीय बिजक अनुगमन प्रणाली लागू, कर छली रोकिने

शुक्रबारदेखि केन्द्रीय बिजक अनुगमन प्रणाली लागू, कर छली रोकिने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले शुक्रबारदेखि केन्द्रीय बिजक अनुगमन प्रणाली लागू गर्ने भएको छ । विभागले राष्ट्रिय कर दिवशको अवसरमा उक्त प्राणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

केन्द्रीय बिजक अनुगमन प्रणाली कार्यान्वयनमा ल्याउनका लागि सम्पूर्ण तयारी पुरा भएको र शुक्रबारदेखि औपचारिक रुपमा कार्यान्वयनमा ल्याइने विभागका डेपुटी महानिर्देशक तथा सुचना अधिकारी यज्ञप्रसाद ढुङ्गानाले जानकारी दिए । ‘हामीले कर दिवशको अवसरमा १ जना करदाताबाट औपचारिक रुपमा उक्त प्रणाली कार्यान्यनमा ल्याउने छौं,’ उनले भने, ‘त्यसपछि कम्प्युटर विलिङका लागि स्वीकृति लिएका सबै करदातालाई उक्त प्रणालीमा ल्याउने छौं ।’

सो प्रणाली कार्यान्वयनमा आएसँगै रियलटाईम विलिङको बारेमा विभागलाई जानकारी हुने छ । ‘यस प्रणालीसँगै जति करदाता जोडिन्छन् ती सबैको बिल काट्ने वित्तिकै विभागका जानकारी आईपुग्छ,’ उनले भने, ‘जसले गर्दा कति रकमको विल काटियो कति कर उठ्यो भन्ने कुरा तुरुन्तै जानकारीमा आउनेछ ।’ सो प्रणाली कार्यान्वयनमा आएसँगै कर सम्बन्धी सम्पूर्ण विषयको केन्द्रस्तरबाटै अनुगमन हुने विभागले जानकारी दिएको छ ।

केन्द्रीय बिजक अनुगमन प्रणालीको सफ्टवेयर नै करदाताको बिल काट्ने कम्प्युटर वा उसको सिस्टममा जडान गरिने हुँदा कुनै पनि करदाताले कर छली गर्न नसक्ने विभागको दाबी छ । हालसम्म विभागले कम्प्युटर विलिङका लागि १ सय ४० वटा सफ्टवेयरलाई स्वीकृति प्रदान गरिसकेको छ ६ सयभन्दा बढी करदाताले कम्प्युटर बिजक जारी गर्न अनुमति लिएका छन् । हालसम्म स्वीकृति दिएका सफ्टवेयरमार्फत नै क्रमशः केन्द्रीय बिजक अनुगम प्रणाली लागू गरिँदै जाने ढुङ्गेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL