Logo

नेताहरु भोटसँगै नोटमाग्न व्यस्त !

नेताहरु भोटसँगै नोटमाग्न व्यस्त !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ‘नेताहरु भोट माग्नभन्दा नोट माग्न व्यस्त, अनि व्यापारी अस्तव्यस्त’ युवा उद्यमी प्रतापजंग पाण्डेले बुधवार फेसुकमा लेखेको स्टाटस हो यो । राजनीतिक दल र तीनका नेताले चुनावमा मच्चाउने चन्दा आतंकप्रति व्यंग्य गर्दै उनले फेसबुकमा यस्तो स्टाटस लेखेका हुन् ।

उनले आफ्नो स्टाटसममा कमेन्ट थप्दै भनेका छन्, ‘यो सवैको समस्या हो, मैदान नछोड्नी हजुर ।’ पाण्डेको स्टाटसमा एक जनाले कमेन्ट गर्दै चन्दा आतन्काबाट छुटकारा लिन फेसबुक लगआउट र मोबाइल अफगर्न सुझाव दिएका छन् ।

उनले दिएको यस्तो सुझाव जस्तै आजभोली मुलुकका धेरै उद्यमी व्यवसायीले फोन अफ गर्ने र सम्पर्कमा कम आउने गरेको बताएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत भइसकेका एकजना वरिष्ठ उद्योगीले चन्दाबाट हैरान भएरै नचिनेको नम्बरबाट आउने फोन उठाउन छाडेका बताए । कहिले काहि फोन नै अफगर्ने गरेको उनले सुनाए ।

खासगरी चुनाव नजिकिदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताले मच्चाउने चन्दा आतंकबाट जोगिन फोन उठाउन छाडेको उनी बताउँछन् । यद्यपी, आफ्ना चिनजान तथा आस्था मिल्ने केहि उम्मेदवारलाई भने चन्दा दिएको उनले बताए ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदै छ । निर्वाचनमा होमिएका उम्मेदवार, दलका नेता तथा कार्यकर्ताले चुनावी खर्चका लागि चन्दा माग्न शुरु गरिसकेका छन् । चुनावका बेलामा राजनीतिक दलहरुले संस्थागतरुपमै र उम्मेदवारहरुले व्यक्तिगतरुपमा चन्दा लिने गरेको व्यवसायीहरु बताउँछन् । चुनावका बेला चन्दा माग्नु र दिनु स्वभाविक भइसकेको कतिपय व्यवसयाीहरु बताउँछन् । अब त अभ्यस्तनै भइसककेको उनीहरुको भनाई छ ।

नजिकिदो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चन्दा माग्ने क्रम बढेपनि जर्बजस्ती चन्दा भने नभएको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा बताउँछिन् । ‘निर्वाचनका लागि नेताहरुले सहयोग स्वरुप चन्दा माग्ने क्रम बढेको छ,’ उनले भनिन्, ‘कतिपय व्यवसायीले आफुखुशी चन्दा दिइरहनु भएको छ तर, यति नै दिनुपर्छ भन्ने जर्बजस्ती भने मागेका छैनन् ।’ आसन्न निर्वाचनमा महासंघकै केन्द्रिय सदस्य तथा जिल्ला उद्योग बाणिज्य महासंघका अध्यक्षहरु समेत चुवनामा उठेकाले व्यवसायीहरुले पनि सहयोग स्वरुप चन्दा दिएको उनी बताउँछिन् । साथै राजनीतिक दलले हरेक निर्वाचन तथा अन्दोलनहरुमा व्यवसायीको साथ लिने गरेको समेत उनले बताईन ।

दल, नेता वा उम्मेदवार हेरिकन ५० हजारदेखि १० लाख रुपैयाँसम्म चन्दा दिने गरेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । प्रतिनिधि सभाको उम्मेदवारले बढीमा २५ लाख रुपैयाँ र प्रदेश सभाको उम्मेदवारले बढीमा १५ लाख रुपैयाँ खर्च गर्न पाउने प्राब्धान रहेको छ । तर, यसको कयौं बढी गुणा खर्च हुने गरको उम्मेदवारहरु नै बताउँछन् । यस्तो खर्च चन्दा संकलन गरेर जोहो गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL