Logo

एडीबीका आयोजनाले लिएन गति, एडीबी भन्छ राजनीति समस्या मुख्य जड

एडीबीका आयोजनाले लिएन गति, एडीबी भन्छ राजनीति समस्या मुख्य जड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) को लगानीमा सञ्चालित आयोजनाले लक्ष्य अनुरुप प्रगति हासिल गर्न सकेको छैन । एडीबीले सन् २०१७ को ९ महिनामा २६ अर्ब ३२ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । तर, सो अबधिमा एडीबी अन्तरगत संचालित आयोजनमा १८ अर्ब २१ करोड रुपैयाँ मात्र खर्च भएको एडीबीले जानकारी दिएको छ । यो खर्च लक्ष्यको तुलनामा ६९ प्रतिशत हो ।

नेपालमा एडीबीले ऋण तथा अनुदानमा सडक पूर्वाधार, शिक्षा, ऊर्जा, भूकम्पपछिको पुनर्निर्माण, खानेपानी लगायत विभिन्न ३५ वटा आयोजनामा संचालन गर्दै आएको छ । ती आयोजनमा २०१७ को सेप्टेम्बरसम्ममा ४२ अर्ब रुपैयाँ बराबरको ठेक्का लगाउने लक्ष्य लिएपनि सो अधिसम्म आईपुग्दा २६ अर्ब ३२ करोड रुपैयाँको मात्र ठेग्का लगाएको थियो । लगाइएका ठेक्काको पनि सन्तोषजन काम नभएको तथ्याङ्कले देखाएको छ ।

समीक्षा कार्यक्रममा बोल्दै एडीबीमा उपमहानिर्देशक दिवेश शरणले तरल देशको राजनीति तरलता र टेण्डरका क्रममा हुने प्रक्रियागत ढिलाइले लक्ष्य अनुरुप उपलब्धि हासिल गर्न नसेकेको बताएका छन् । यसैगरी अर्थमन्त्रालयका सचिव शंकर अधिकारीले पनि एडीबीद्वारा संचालित आयोजनाले लक्ष्य अनुरुप उपलब्धि हासिल गर्न नसकेको आरोप लगाएका छन् । आयोजनाको तयारी तथा आयोजना छनौटमा ध्यान नदिँदा लक्ष्य अनुरुप काम अघि बढ्न नसकेको उनको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL