Logo

बिनोद चौधरीलाई प्रधानमन्त्रीको पत्र, ‘लोकतन्त्रवादीलाई नेतृत्वमा राख्न चाहन्छौं’

बिनोद चौधरीलाई प्रधानमन्त्रीको पत्र, ‘लोकतन्त्रवादीलाई नेतृत्वमा राख्न चाहन्छौं’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसमा सभापती शेरबहादुर देउवाउले चौधरी ग्रूपका अध्यक्ष विनोद चौधरीलाई आफ्नो पार्टीमा स्वागत गर्दै लोकतन्त्रबादीहरुलाई सधै नेतृत्वदायी भुमिका राख्न चाहेको स्पष्ट पारेका छन् ।

आर्थिक विकासको मोडल लोकतान्त्रिक शासन पद्धतीका विश्वव्यापी मान्यता एवं खुला बजार अर्थतन्त्र र सामाजिक न्यायको छाताको बाहिर गएर हुन नसक्ने भन्दै लोकतान्त्रिक शासन पद्धतिको शुद्धिकरण र द्रुत गतिको आर्थिक विकासको लागि लोकतन्त्रबादीहरु एक हुन नेपाली कांग्रेसमा स्वागत गर्दै चौधरीको नाममा पत्र थमाएका छन् ।

नेपाली कांग्रेसले चौधरीलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्द सुचिमा राखेसँगै प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले चौधरीलाई आफ्नो पार्टीमा स्वागद गर्दै लोकतन्त्रबादी एक हुन आग्रह गरेका हुन् । ‘गैर आवासीय नेपालीले आर्जन गरेका पूँजी, शीप र क्षमतालाई नेपालमा परिचालन गर्ने वातावरण तयार गरेर सबैलाई आर्थिक विकासको आभियानमा गोलबन्द गर्नुपर्नेछ,’ उक्त पत्रमा भनिएको छ, ‘यसै सम्दर्भमा वरिष्ठ उद्यमी तथा समाजसेवी तपाईलाई आर्थिक विकासको यस अभियानमा प्रेरणादायी भुमिका निर्वाह गर्नका लागि नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ ।’ साथै चौधरीको आगमनले नेपालले आर्थिक विकासमा नजिता हासिल गर्नमा प्रभावकारी पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL