Logo

रेमिट्यान्स बृद्धिदर शुन्यान्तरतर्फ, विओपीमा देखियो असर, राजस्व संकलनमा पनि असर पर्ने

रेमिट्यान्स बृद्धिदर शुन्यान्तरतर्फ, विओपीमा देखियो असर, राजस्व संकलनमा पनि असर पर्ने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । केही समययता ओरालो लागेको रेमिट्यान्स बृद्धिदर चालू आर्थिक बर्षको दोस्रो महिनासम्म आइपुग्दा शुन्यान्तरमा झरेको छ । नेपालमा हुण्डीलगायत अन्य अबैध रुपमा भित्र्ने रेमिट्यान्स बढ्दो तथा वैदेशिक रोजगारीमा जाने घट्नुले गर्दा पनि रेमिट्यान्सको बृद्धिदर घटेको सरोकारवालाहरु बताउँछन् ।

रेमिट्यान्सको बृद्धिदर घट्दा यसले आर्थिक सुचकका धेरै क्षेत्रमा असर गर्ने नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख नरबहादुर थापा बताउँछन् । विशेष गरी रेमिट्यान्स बृद्धिदर घट्दा चालू खाता र शोधनान्तर बतचमा ठूलो असर परेको राष्ट्र बैंकको तथ्याङकले देखाएको छ । गत आवको सोही अबधिमा रेमिट्यान्स बृद्धिदर ६ दशमलव ६ प्रतिशत भई कुल १ खर्ब १४ अर्ब ७३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो । तर, चालू आवको सोही अबधिमा आइपुग्दा यस्तो बृद्धिदर शुन्य दशमलव ७ प्रतिशतमा सिमिति भई कुल १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ ।

नेपाल भित्रने रेमिट्यान्स घट्दा आर्थिक बर्ष २०७३÷७४ को पहिलो २ महिनामा ११ अर्ब १२ करोड रुपैयाँलले घाटामा रहेको चालू खाता चालू आबको सोही अवधिमा आइपुग्दा त्यस्तो घाटा १७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यसैगरी, शोधनान्तर बचतमा पनि त्यस्तो घाटा उच्च रुपमा बढेको तथ्याङकले देखाएको छ । अघिल्लो वर्षको पहिलो २ महिनामा शोधनान्तर बचत घाटा ३ अर्ब ५० करोड रुपैयाँ रहेकोमा चालू आवको समीक्षा अवधिमा आइपुग्दा बढेर ५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

रेमिट्यान्स बृद्धिदर घट्दा तत्कालका लागि चालू खाता र शोधनान्तर बचतमा ठूलो असर देखिएको र अबमा दिन उपभोगमा पनि यसले ठूलो असर गर्ने थापा बताउँछन् । ‘विगतको तथ्याङ्क हेर्नेहो भने पनि रेमिट्यान्सबाट भित्रिएको ठूलो रकम उपभोगमा खर्च भएको थियो जसले गर्दा सरकारलाई लक्ष्य अनुरुप राजस्व उठाउन सजिलो भएको थियो,’ उनले भने, ‘रेमिट्यान्स कम भित्रदा उपभोग्य बस्तुमा हुने खर्च घट्न गई सरकारको राजस्व उठौती लक्ष्यमा समेत असर पर्ने देखिन्छ ।’

रेमिट्यान्सको घट्दो बृद्धिदरले सवारीसाधन, मोबाइल, टेलिभिजन, रेफ्रिजेरेटरलगायत विलासिताका बस्तुमा हुने खर्च घट्ने देखिन्छ भने अन्य उपभोग्य क्षेत्रमा हुने खर्चमा पनि कटौती हुनेछ । जसको प्रत्यक्ष असर सरकारले उठाउने राजस्वमा पर्नेछ । तसर्थ यस अघि सरकारले सहज रुपमा बार्षिक २० प्रतिशतको बृद्धिदरमा राजस्व संकलन गर्दै आएकोमा चालू आवमा कठिन पर्ने समेत उनले जानकारी दिए ।

रेमिट्यान्स बृद्धिदर घट्दा बजारमा तरलता अभाव हुनुका साथै ब्याजदर समेत बढ्ने उनको भनाइ थियो । ‘अघिल्ला बर्षहरुमा रेमिट्यान्स भित्रने क्रम बढ्दा बजारमा ठूलो मात्रामा तरलता थियो भने ब्याजदर पनि कम थियो,’ उनले भने, ‘अबका दिनमा वित्तीय अवस्था संकुचन भई तरलता अभाव हुनुका साथै ब्यादर पनि उच्च हुनेछ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL