Logo

राजस्व संकलन २४ प्रतिशतले बढ्यो, बजार अनुगमनलाई तिब्रता दिन महानिर्देशकको निर्देशन

राजस्व संकलन २४ प्रतिशतले बढ्यो, बजार अनुगमनलाई तिब्रता दिन महानिर्देशकको निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा राजस्व संकलन २४ प्रतिशतले बृद्धि गरेको छ । विभागले सो अवधिमा कुल ५१ अर्ब ६२ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम लक्ष्यको तुलनामा सामान्य बृद्धि भएपनि गत आवको सोही अवधिमा तुलनामा भने २४ प्रतिशतले बढी हो ।

विभागले शीर्षकगत रूपमा आयकर तर्फ २० अर्व ७३ लाख रुपैयँँ राजस्व संकलन गरेको छ भने अभिवृद्धि करतर्फ १८ अर्व ३२ करोड रुपैयाँ, अन्तःशुल्कतर्फ १२ अर्व ८१ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी शिक्षा सेवा शुल्कवापत २० करोड २२ लाख रुपैयाँ संकलन गर्दा स्वास्थ्य सेवा करतर्फ २७ करोड ७९ लाख रुपैयाँ संकनल भएको विभागले जानकारी दिएको छ । आन्तरिक राजस्व विभागलाई आर्थिक वर्ष २०७४/७५ का लागि २ खर्व ९९ अर्व ९१ करोड ३७ लाख ४५ हजार राजस्वको लक्ष्य तोकिएको छ ।

समीक्षा कार्यक्रममा बोल्दै आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले आर्थिक वर्षको शुरुका २ महिना राजस्व संकलनमा केही समस्या भए पनि अहिले लक्ष्य पूरा गरेको र आगामी दिनमा यसलाई अझ द्वुत गतिमा अघि बढाउनु पर्ने बताए । विभागलाई प्राप्त ३ सय अर्वको असुलीको लक्ष्यमा अझै २० प्रतिशत बढी संकलन गर्नका लागि सक्रिय भएर उनले निर्देशन दिएका छनु । साथै सोका भदौं अन्तिम साताबाट शुरु भएको बजार अनुगमनलाई अझ तीव्र, प्रभावकारी र शसक्त बनाउन निर्देशन दिएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL