Logo

मदिराको शक्ति र गुणस्तर नाप्न राजस्व विभागमै प्रयोगशाला, कारोबारको बिबरण केन्द्रिय सर्भरमा

मदिराको शक्ति र गुणस्तर नाप्न राजस्व विभागमै प्रयोगशाला, कारोबारको बिबरण केन्द्रिय सर्भरमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सकारले मदिराजन्य पदार्थको शक्ति र गुणस्तर मापन गर्न आन्तररिक राजस्व विभागमै प्रयोगशाला स्थापना गर्ने भएको छ । विभागको २ दिनसम्म चलेको व्यवस्थापन गोष्ठीले २१ बुँदे घोषणापत्र जारी गर्दै उक्त निर्णय गरेको हो ।

यसैगरी विभागले शीर्षकगत रुपमा चालू आर्थिक बर्षमा २ खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । विभागगले फर्छ्यौट हुन बाकी बेरुजुमध्ये चालु आबमा कम्तीमा ८० प्रतिशत बेरुजु फर्छ्यौट गरी सम्परीक्षण गराउने भएको छ ।

आय विवरण पेश गर्ने म्याद थप सम्बन्धी निवेदन प्राप्त गर्ने र स्वीकृति दिने तथा कर चुक्ता प्रमाणपत्र प्रदान गर्ने कार्य बिद्युतीय प्रणाली मार्फत् हुने व्यवस्था मिलाइने विभागले जानकारी दिएको छ । विभागले हाल प्रयोगमा रहेको अन्तरराष्ट्रिय स्तरको व्यापार बर्गीकरणलाई परिमार्जन गर्ने भएको छ भने विद्युतीय भुक्तानी प्रणाली लागू गर्न अन्य सम्वद्ध निकायहरुसँग समन्वय गरी यसै आर्थिक वर्ष भित्र पूर्व तयारीको कार्य सम्पन्न गरिने भएको छ ।

राजस्व वक्यौता असुलीको लागि अन्तिम तहसम्मको कानूनी कारवाही गरिने भएको छ । यसैगरी बक्यौता सम्बन्धी कानुनी कारवाहीको बिबरण विद्युतीय अभिलेखमा अद्यावधिक गरिने छ । विद्युतीय प्रणालीबाट बिजक जारी गर्ने करदाताहरुको कारोवार विभागको केन्द्रीय सर्भरमा अभिलेख हुने गरी केन्द्रिय विलिङ नियमन प्रणालीको विकास गरी यसै आवभित्र कार्यान्वयनमा ल्याइने भएको छ । विद्युतीय अभिलेख व्यवस्थापन प्रणालीको माध्यमबाट अभिलेख व्यवस्थित गर्ने कार्य कार्यान्वयन गरिने छ ।

हाल छुट्टाछुट्टै अस्तित्वमा रहेका आयकर, मुल्य अभिबृद्धि कर, अन्तःशुल्क लगायतका राजस्व सम्वन्धी ऐनहरुलाई सरल, सहज एवं परिष्कृत गरी एउटै ऐनमा समाहित गर्नका लागि एकिकृत कर संहिताको प्रारम्भिक मस्यौदा तयार गरिने भएको छ । यसैगरी अर्थ मन्त्रालय अन्तर्गतका विभागहरुबीच एकीकृत बिद्युतीय सूचना प्रणाली स्थापना गर्ने सन्दर्भमा चालू आवमा भन्सार विभाग र आन्तरिक राजस्व विभागको बिद्युतीय प्रणाली बीच इन्टरकनेक्टीभिटी गरिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL