Logo

सोमबारदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट, चोरी र राजस्व छली रोकिने

सोमबारदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट, चोरी र राजस्व छली रोकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । सरकारले सोमबारदेखि सवारीसाधनमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने भएको छ । सोमबार एक कार्यक्रमबीच इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा ल्याउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । ‘पहिलो चरणमा सरकारी सावारीसाधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने छौं,’ उनले भने, ‘तर, अबको ५ बर्ष भित्रमा सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आउनेछ ।’

पाण्डेका अनुसार इम्बोस्ड नम्बर प्लेटको सोमबार विहान भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । झण्डै ५ बर्ष अघि सरकारले एसियाली विकास बैंकको सहकार्यमा इम्बोस्ड नम्बर प्लेट कार्यान्यमा ल्याउने गृहकार्य शुरु गरेको थियो ।
विभागले इम्बोस्ड नम्बर प्लेटको छुट्टै दररेट तोकेको छ । हाल मोटरसाइकलको २ हजार ५ सय, तीन पाङग्रे सवारीका लागि २ हजार ९ सय रुपैयाँ, चारपाङग्रेका लागि ३ हजार २ सय रुपैयाँ र हेभी सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

इम्बोस्ड नम्बर प्लेट कार्यान्वयमा आएसँगै चोरीका सवारीसाधन चल्न बन्देज लाग्नुका साथै राजस्व समेत बढ्ने विभागले जानकारी दिएको छ । यस अघि नम्बर प्लेट परिवर्तन गरेर कतिपय सवारीसाधनलाई चोरी, डकैटी, हत्या अपहरण जस्ता काममा प्रयोग गर्दै आएका थिए । इम्बोस्ड नम्बर प्लेट कार्यान्वयमा आएसँगै नम्बर प्लेट परिवर्तन गर्न नमिल्ने भएकाले गैरकानुनी क्रियाकलाप रोकिने विभागको विश्वास छ । साथै उक्त नम्बर प्लेटलाई मेशिनले रिड गरेर सवारीधनीको नाम, नविकरण मितिजस्ता सबै कुरा पत्ता लाग्ने भएकाले राजस्व छली समेत रोकिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL