Logo

मदिरामा आजदेखि नयाँ स्टिकर, सूर्तीजन्य बस्तुमा पनि लागु गर्ने तयारी

मदिरामा आजदेखि नयाँ स्टिकर, सूर्तीजन्य बस्तुमा पनि लागु गर्ने तयारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आन्तरिक राजस्व विभागले मदिरा, वाइन, वियर, चुरोट तथा सूर्तीजन्य बस्तुमा प्रयोग गर्दै आएको अन्तःशूल्क स्स्टिकरलाई नयाँ स्टिकरले प्रतिस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ । यसै अन्तर्गत आइतबारदेखि लागु हुने गरी विभिन्न शक्ति र आकारका मदिरामा नयाँ स्टिकर प्रयोग हुने विभागले जनाएको छ ।
विभागका अनुसार सुरक्षित रुपमा तयार गरिएका र विशेष किसिमका सुरक्षण चिन्ह भएका त्यस्ता स्टिकर उपकरणको प्रयोगबाट मात्र ठम्याउन सकिने विशेषता रहेको छ । विभागले यस्तो स्टिकर क्रमशः वाइन, वियर, चुरोट र सूर्तीजन्य बस्तुमा पनि लागु गर्ने तयारी रहेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL