Logo

मुद्रास्फीति साढे ८ प्रतिशतले घट्दै २.८ प्रतिशतमा सीमित

मुद्रास्फीति साढे ८ प्रतिशतले घट्दै २.८ प्रतिशतमा सीमित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । २०७४ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.८ प्रतिशत कायम भएको छ । जुन २०७३ जेठको तुलनामा करिव साढे ८ प्रतिशतले बढी हो । २०७३ को जेठमा मुद्रास्फीति ११.१ प्रतिशत रहेको थियो ।

गत वर्षको उच्च आधार मूल्य र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण नै मुद्रास्फीति सहज भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार खाद्य मुद्रास्फीति समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ११.९ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १७.५ प्रतिशत, तरकारीको मूल्यमा १६.३ प्रतिशत र घ्यू तथा तेलको मूल्यमा १ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो ।

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य ११.५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.८ प्रतिशतले वृद्धि भएको छ ।

गैर–खाद्य मुद्रास्फीति ड। समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति १०.५ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्य लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL