Logo

एघार महिनामा ८ खर्ब ९६ अर्बको बस्तु आयात

एघार महिनामा ८ खर्ब ९६ अर्बको बस्तु आयात


बिजखबर संवाददाता
27
Shares

कआर्थिक बर्ष ०७४ को एघार महिनामा नेपालमा कुल वस्तु आयात बढेको छ । आयत ३०.९ प्रतिशतले बढेर रु ८ खर्ब ९६ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ३९ प्रतिशत, चीनबाट भएको आयात १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३.४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस विलेट, सिमेन्ट, हवाईजहाजका पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ । रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, ड्राईसेल ब्याट्री, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाहा भन्सार, मेची भन्सार कार्यालय र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL